close

ह्वाट्सएप डेटाले फोनको स्टोरेज फुल भएर हैरान हुनुहुन्छ ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

पुस २७, २०७९ ११:२३

ह्वाट्सएप डेटाले फोनको स्टोरेज फुल भएर हैरान हुनुहुन्छ ? यसो गर्नुहोस्

काठमाडौं । ह्वाट्सएपमा हरेक दिन कसैले न कसैले तपाईँ हामीलाई मेसेज पठाइरहेको हुन्छ । त्यसमा फोटो र भिडिओ समेत हुने गर्छन् । जसबाट हाम्रो फोनको स्टोरेज पूर्ण रूपमा भरिने गर्दछ ।

कतिपय बेला त यसबाट ५० जीबीसम्मको फोन स्टोरेज समेत भरिन पुग्छ र हामी एक एक गरेर ती फोटो तथा भिडिओलाई डिलिट गर्न  थाल्छौँ । यसरी स्टोरेज फुल हुँदा फोन सुस्त चल्न थाल्छ र कतिपय बेला त फोन प्रयोग गर्नै मुस्किल हुने गर्छ ।

यस्तोमा फोनको स्टोरेज खाली गर्नु एकदमै जरुरी हुन्छ । तर यहाँनिर एउटा अर्को चुनौती के छ भने ह्वाट्सएपमा आउने हरेक मिडिया फाइल (फोटो, भिडिओ, पीडीएफ आदि) अनावश्यक नै हुन्छन् भन्ने पनि छैन ।

त्यसैले कुन मिडिया फाइल अनावश्यक छ र धेरै स्थान ओगटेको छ भन्ने कुरा थाहा पाउनुपर्ने हुन्छ । आज हामी तपाईँलाई यसका लागि सजिलो उपाय बताउँदै छौँ । ​

 

ह्वाट्सएपको डेटा रिभ्यु गरेर फाइल डिलिट गर्ने तरिका

  • ​यसका लागि सबैभन्दा पहिला ह्वाट्सएप खोल्नुहोस् र माथि दायाँ कुनामा रहेको तीन थोप्ले बटन हुँदै सेटिङमा जानुहोस् ।
  • त्यहाँ उपलब्ध सूचीमा रहेको स्टोरेज एन्ड डेटा (Storage and data) भएर म्यानेज स्टोरेज (Manage storage) मा जानुहोस् ।
  • त्यसपछि तपाईँले लार्जर द्यान ५ एमबी (Larger than 5 MB) मा ट्याप गर्नुपर्ने अथवा तल उपलब्ध निश्चित च्याटमा थिच्नुपर्ने हुन्छ । यहाँ तपाईँले क्रमशः ठूलोबाट सानो आकारका फाइलहरू पाउनु हुनेछ, जसलाई छानी छानी डिलिट समेत गर्न सकिन्छ । यसका साथै तपाईँ एकैपटकमा थुप्रै फाइलहरू सेलेक्ट गर्न पनि सक्नु हुन्छ ।

 

निश्चित मिडिया फाइल डिलिट गर्न

  • ह्वाट्सएपको च्याट ट्याब खोल्नुहोस् र माथि सर्च बटनमा थिच्नुहोस् ।
  • त्यहाँबाट तपाईँले फोटो, भिडिओ, लिङ्क, जीआईएफ, अडियो वा डकुमेन्ट मध्ये कुन मिडिया फाइल खोजेको हो, त्यसलाई छानेर डिलिट गर्न सक्नु हुन्छ ।

अपलोड हुने फाइलको साइज सीमित गर्न

  • सबैभन्दा पहिला ह्वाट्सएपको सेटिङमा जानुहोस् ।
  • अब त्यहाँबाट स्टोरेज एन्ड डेटा (Storage and data) हुँदै मिडिया अपलोड क्वालिटी (Media Upload Quality) मा गएर अटो (Auto), बेस्ट (Besst) र डेटा सेभर (Data saver) मध्ये उपयुक्त विकल्प छान्न सक्नु हुन्छ । 

 

पछिल्लो अध्यावधिक: पुस २७, २०७९ ११:२३