close

सोनीको एन्ड्रोइड टिभीमा अब पाइरेटेड एप नचल्ने

टेकपाना टेकपाना

माघ ३, २०७९ ८:५

सोनीको एन्ड्रोइड टिभीमा अब पाइरेटेड एप नचल्ने

काठमाडौं । पाइरेटेड एपको विषयलाई लिएर जापानी इलेक्ट्रिक कम्पनी सोनी निकै नै संवेदनशील देखिन्छ । प्ले स्टेशन होस वा अडिओ/भिडिओको सेवामा, कम्पनीले पाइरेटेडमाथि अंकुश लगाउँदै लाएको छ । 

यो क्रमलाई कम्पनीले अब एन्ड्रोइड टिभीमा विस्तार गर्ने तयारी गरिरहेको छ । कम्पनीले एन्ड्रोइड टिभीमा पाइरेटेड एप डाउनलोड गर्न नसकिने नयाँ फिचर ल्याउन लागेको हो । 

कम्पनीले 'मनिटर' नामको एउटा एप तयार गर्दैछ जुन अपरेटिङ सिस्टमकै एक हिस्सा हुनेछ । यसमा केही ब्लक गरिएका पाइरेटेड साइट अथवा नेटवर्कहरूको सूची राखिनेछ जसले थर्ड पार्टी एपलाई डाउनलोड र इन्स्टल गर्ने समयमा पहिचान गर्नेछ । 

यसपछि सो मनिटर एपले ब्लक गरिएका एपहरूलाई डाउनलोड हुनबाट रोक्नेछ । कम्पनीले यसबारेमा हाल काम गरिरहेको छ । तर  यो कहिलेबाट सुरु हुनेछ भन्ने विषयमा भने अहिले नै कुनै जानकारी दिइसकेको छैन ।          

 

  

 

पछिल्लो अध्यावधिक: माघ ३, २०७९ ८:५