close

‘कन्टेन्ट राइटर' को जागिर खोस्दै च्याट जीपीटी

टेकपाना टेकपाना

माघ ११, २०७९ १५:१४

‘कन्टेन्ट राइटर' को जागिर खोस्दै च्याट जीपीटी

काठमाडौँ । ओपनएआईले विकास गरेको च्याटजीपीटीले थुप्रै काम क्षणभरमै सम्पन्न गर्न सक्छ । विशेषगरी निबन्ध, कविता, कथा र कोडिङ गर्नका लागि पनि उपयुक्त यो प्लेटफर्म धेरैको रोजाइमा परेको छ । 

पछिल्लो समय यसले कन्टेन्ट राइटरको जागिर खोसिरहेको पनि आरोप लागेको छ । एक कन्टेन्ट राइटर विलियमले च्याटजीपीटीमा 'पेमेन्ट गेटवे भनेको के हो ?' भनेर प्रश्न राखे । प्रश्न सोधेको केही सेकेन्डमै आकर्षक जवाफ पाएपछि उनले यसबारे लेख लेखेर द गार्जियन म्यागेजिनमा प्रकाशन समेत गरेका छन् ।

निबन्ध लेख्न मानिस जुन शैलीमा अपनाउँछ च्याटजीपीटीले पनि त्यही शैली अपनाएको देखियो । निबन्धमा विषय उठान, व्याकरण र शब्द चयनलाई बढी प्राथमिकता दिइन्छ । च्याट जीपीटीले पनि यही शैली अपनाएर निबन्ध लेखेको विलियमको निष्कर्ष छ ।

उनी भन्छन्, "जुन आर्टिकल लेख्न मैले ५०० पाउन्ड लिन्थे, च्याटजीपीटीले त्यो आर्टिकल ३० सेकेन्डमा निःशुल्क तयार पार्‍यो ।" 

"अझै पनि आर्टिफिसियल इन्टेलिजेन्स सफ्टवेयर कुनै पनि हिसाबले पूर्ण छैन," उनी थप्छन्, "च्याटजीपीटीले थुप्रै लेखकको शैली अपनाइसकेको छ । त्यस्तै यो सफ्टवेयरलाई विभिन्न ब्रान्डको शैलीलाई नक्कल गर्न पनि तालिम दिइएको छ ।" एआईको प्रशंसा गर्दै उनले उक्त सफ्टवेयर कम्पनीका लागि किन उपयोगी हुने बताएका छन् ।

"आखिरमा, एआई सुपर-फास्ट काम गर्न सक्ने टुल हो । जसले खाँदैन, सुत्दैन, गुनासो गर्दैन, वा छुट्टी पनि लिँदैन," उनी भन्छन् ।

निकट भविष्यमा, लेखक र सम्पादकको आवश्यक थोरै संख्यामा मात्र हुने विलियमको निष्कर्ष छ । विशेषगरी कुनै पनि लेखको तथ्य जाँच गर्न वा वाक्य सुधारमा मात्र विज्ञहरूको आवश्यकता पर्ने उनको जनाएका छन् ।

"तर यस्ता मोडेलले व्यावसायिक अवसरहरू पत्ता लगाउन, विचारहरू उत्पन्न गर्न र कुनै पनि मानव संलग्नता बिना सही सामग्री राख्न कति सम्भव होला र ?," उनले सोधेका छन् । यो टुलका यिनै कमजोरीलाई सुधार गर्न सके कन्टेन्ट राइटर विस्थापित हुने उनले अड्कल काटे । ओपन एआईले गत नोभेम्बर ३० मा मात्र च्याटजीपीटी सुरुवात गरेको थियो ।

दुई महिना नबित्दै यस प्लेटफर्मले पाएको चर्चालाई ठूलो सफलताका रूपमा हेरिएको छ । यसको प्रयोग जति सकारात्मक रूपमा भइरहेको छ । दुरुपयोगका घटना पनि त्यति नै देखिन थालेका छन् । विद्यार्थीले चिट चोर्न, रोजगार खोज्ने व्यक्तिले ईमेल वा कभर लेटर लेख्न, ह्याकरले फिशिङ आक्रमण गर्न च्याटजीपीटीको सहयोग लगिरहेका छन् ।

क्रश द कलेज एस्सेका संस्थापक तथा राइटिङ कोच पिटर लाफिनले फक्स न्यूजलाई भने, "विद्यालयमा नयाँ एआई प्रविधिले विद्यार्थीहरूका लागि स्वतः निबन्ध तयार पार्न सक्षम छ । त्यसैले यसले हाम्रो सम्पूर्ण पाठ्यक्रमलाई नै जोखिममा पारेको छ ।" लफिनले यस प्रविधिलाई शिक्षाका सबै तहमा समस्या उत्पन्न गर्ने तत्त्वका रूपमा परिभाषित गरका छन् ।

"यो जति सजिलै युवा विद्यार्थीहरूका लागि उपलब्ध छ यसले त्यति सजिलै थप समस्याहरू सिर्जना गर्नेछ," लाफिनले भने । यति सजिलै आफूले खोजेका लेख पाउन सकिने भएपछि विद्यार्थी कम रचनात्मक हुने विज्ञहरूको चिन्ता छ । यस समस्यालाई सम्बोधन गर्न लफिनले शिक्षकलाई परम्परागत पठन शैलीबाट बाहिर निस्किन सुझाव दिएका छन् ।

याे पनि पढ्नुहाेस्: कन्टेन्ट राइटरको जागिर खोस्दै च्याटजीपीटी

पछिल्लो अध्यावधिक: चैत १५, २०७९ १४:५०