close

नाइजेरिया बन्यो स्टारलिङ्क इन्टरनेट पाउने पहिलो अफ्रिकी देश

टेकपाना टेकपाना

माघ १७, २०७९ १७:२८

नाइजेरिया बन्यो स्टारलिङ्क इन्टरनेट पाउने पहिलो अफ्रिकी देश

काठमाडौं । स्पेसएक्स कम्पनीको स्टारलिङ्क इन्टरनेट सेवा नाइजेरियामा पनि उपलब्ध भएको छ । योसँगै नाइजेरिया स्टारलिङ्कको स्याटलाइट इन्टरनेट उपलब्ध हुने पहिलो अफ्रिकी देश बनेको छ ।

स्टारलिङ्कका मालिक एलन मस्कले मंगलबार ट्वीट गर्दै नाइजेरियामा इन्टरनेट उपलब्ध भएको जानकारी दिएका हुन् । यो सेवा लिनका लागि नाइजेरियाका उपभोक्ताले प्रि-अर्डर गर्न सक्छन्, जसका लागि सुरुवाती शुल्क ६०० डलर (करिब ७८ हजार रुपैयाँ)  र मासिक ४३ डलर (करिब साढे पाँच हजार रुपैयाँ) तिर्नुपर्ने हुन्छ ।

प्रयोगकर्ताले ट्रायलका रूपमा यो सेवा ३० दिनसम्म निःशुल्क प्रयोग गर्न पाउनेछन् । "५०-२०० एमबीपीएस डाउनलोड स्पीड भएको इन्टरनेट तपाईँहरूले आफ्नो क्षेत्रमा पाउन सक्नुहुनेछ," कम्पनीले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ

एक वर्षअघि उक्त क्षेत्रमा सेवा विस्तार गर्न नसकिने मस्कले उल्लेख गरेका थिए । तर, नाइजेरियाको दूरसञ्चार आयोगबाट अनुमति पाएपछि कम्पनीले योजना अगाडि बढाएको थियो ।

पछिल्लो अध्यावधिक: माघ १७, २०७९ १७:२८