close

तपाईँले फेसबुकमा क-कसलाई अनफलो गर्नुभयो ? यसरी हेर्नुहोस्

टेकपाना टेकपाना

माघ १९, २०७९ २१:३

तपाईँले फेसबुकमा क-कसलाई अनफलो गर्नुभयो ? यसरी हेर्नुहोस्

काठमाडौँ । हामीले कुनै समय फेसबुकमा आफूलाई चित्त नबुझेको व्यक्ति वा पेजलाई अनफलो गरेका हुनसक्छौँ ।

विशेषगरी कसैलाई फेसबुकमा साथी राखिरहनु छ, तर उसका पोस्ट वा उसले लाइक गरेका पोस्ट, उसले गरेका कमेन्ट चित्त बुझिरहेको छैन भने अनफलो गर्ने गरिन्छ ।

त्यसबाहेक कुनै अकाउन्ट वा पेज अनफलो गर्नुपर्ने व्यक्तिगत कारणहरू हुनसक्छन् ।

आज हामी फेसबुकमा अनफलो गरेका सबै व्यक्ति कसरी हेर्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदैछौँ ।

-  त्यसका लागि सबैभन्दा पहिले मोबाइलमा फेसबुक एप खोल्नुहोस् ।

-  त्यसपछि माथि दायाँपट्टि रहेको प्रोफाइलको आइकनमा ट्याप गर्नुहोस् ।

 

-  अनि, स्क्रोल गर्दै तल गएर प्राइभेसी एण्ड सेटिङको अप्सन छान्नुहोस् ।

 

-  यति गरेपछि सर्च बारमा 'Feed' सर्च गर्नुहोस् ।

-  र, सबैभन्दा माथि देखाइएको न्युज फिडको अप्सनमा ट्याप गर्नुहोस् ।

-  त्यसपछि अन्तिममा रहेको रिकनेक्टको अप्सनमा क्लिक गर्नुहोस् ।

-  उक्त लिस्टमा हुनेहरूलाई तपाईँले अनफलो गर्नुभएको हो । यदि पुनः फलो गर्नु छ भने सम्बन्धित व्यक्तिको अकाउन्टमा ट्याप गर्नहोस् ।

-  त्यस्तै तपाईँलाई एकै पटकमा फेसबुकमा भएका व्यक्ति, पेज वा ग्रुप अनफलो गर्नु छ भने ब्याक गरेर अगाडि रहेको "अनफलो"को अप्सनमा ट्याप गर्नुहोस् ।

-  त्यहाँ रहेका अनाउन्टमा ट्याप गर्नुभयो भने ती अकाउन्ट स्वतः अनफलो हुनेछन् ।

पछिल्लो अध्यावधिक: माघ १९, २०७९ २१:७