close

टेलिकमको एनिभर्सरी अफर, ९८ रुपैयाँमा ६ जीबी डेटा

टेकपाना टेकपाना

माघ २२, २०७९ ११:५३

टेलिकमको एनिभर्सरी अफर, ९८ रुपैयाँमा ६ जीबी डेटा

काठमाडौँ । नेपाल टेलिकमले आफ्नो १९ औं वार्षिक उत्सवको अवसर पारेर एनिभर्सरी अफर सञ्चालनमा ल्याएको छ । ग्राहकलाई लक्षित गरेर ल्याएको यो अफर अन्तर्गत ग्राहकले ९८ रुपैयाँमै ६ जीबी डेटा प्रयोग गर्न पाउनेछन् । यो डेटा तीन दिनसम्म प्रयोग गर्न सकिनेछ । 

यसका साथै यस अफर अन्तर्गत ग्राहकले २९४ रुपैयाँमा २० जीबी डेटा प्रयोग गर्न सक्नेछन् । यसको अवधी १० दिनसम्म रहने कम्पनीले जनाएको छ ।

त्यस्तै कम्पनीले एक दिनका लागि ४९ रुपैयाँमा अनलिमिटेड डेटाका साथै सय मिनेट अन–नेटक कल समेत उपलब्ध गराएको छ । यो अफर माघ २२ गते देखी सुरु भएर माघ २९ सम्म लागु हुने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: माघ २२, २०७९ ११:५३