close

भ्वाइस ओभर वाइफाइ सुरु गर्दै नेपाल टेलिकम

टेकपाना टेकपाना

माघ २२, २०७९ ११:४२

भ्वाइस ओभर वाइफाइ सुरु गर्दै नेपाल टेलिकम

काठमाडौँ । नेपाल टेलिकमले भ्वाइस ओभर वाइफाइ (भोवाइफाइ) सुरु गर्ने भएको छ । भोवाइफाइ कमर्सियल टेलिफोन भ्वाइस कल सेवा हो ।

यसको अर्थ यो वाइफाइमा आधारित कलिङ सेवा हो । कम्पनीको १९ औं वार्षिक उत्सवको अवसर पारेर कम्पनीले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै कम्पनीका प्रबन्ध निर्देशक सुनिल पौडेलले भोवाइफाइ सुरु गरेको विषयमा जानकारी दिएका हुन् ।

पौडेलका अनुसार हाल यो सेवा परिक्षणको क्रममा रहेको र चाँडै सञ्चालनमा आउनेछ ।

पछिल्लो अध्यावधिक: माघ २२, २०७९ ११:४२