close

वेबपी फर्म्याटका फोटोलाई यसरी डाउनलोड गर्नुहोस् जेपीईजी फर्म्याटमा

टेकपाना टेकपाना

माघ २३, २०७९ ९:४३

वेबपी फर्म्याटका फोटोलाई यसरी डाउनलोड गर्नुहोस् जेपीईजी फर्म्याटमा

काठमाडौँ । व्यक्तिगत वा व्यावसायिक प्रयोजनका लागि हामीलाई इन्टरनेटबाट विभिन्न फोटोहरू डाउनलोड गर्नुपर्ने हुन्छ । हामीलाई कतिपय यस्ता फोटो आवश्यक पर्छ जसलाई विभिन्न फोटो एडिटिङ सफ्टवेयरमा प्रयोग गर्न सकियोस् । 

विभिन्न वेबसाइटबाट डाउनलोड गरिएका फोटो सबै प्रकारका फोटो एडिङ एपमा सपोर्ट नहुन सक्छन् । विशेषगरी वेबपी (webp) फर्म्याटमा भएका फोटोहरू  फोटोशप लगायत अन्य फोटो एडिटिङ सफ्टवेयरमा सपोर्ट हुँदैनन् । त्यसैले हामीलाई जेपीईजी (JPEG) वा पीएनजी (पीएनजी) फर्म्याटका फोटो आवश्यक पर्छन् । 

आज हामी फोटो वेबपी (webP) फर्म्याटमा हुँदा पनि जेपीईजी फर्म्याटमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिँदैछौँ ।

के हो त वेबपी (WebP) इमेज फर्म्याट ?

वेबपी इमेज फर्म्याट गुगलले एक दशकअघि सार्वजनिक गरेको फोटो फर्म्याट हो । यो फर्म्याटको फोटोको आकार सानो भए पनि गुणस्तर भने राम्रो हुन्छ । त्यसैले धेरै प्रयोगकर्ताले यो फर्म्याटमा वेबसाइटमा फोटो अपलोड गर्न सक्छन् ।

केही फोटो सेभ गर्दा किन सेभ एज वेबपी देखाउँछ होला ?

गुगल डेभलपरका अनुसार वेबपी फर्म्याटका फोटोको आकार तुलनात्मक रूपमा अन्य फर्म्याटका फोटोभन्दा २५ प्रतिशत कम हुन्छ । त्यसैले यस्ता फोटो इन्टरनेट स्पिड कम हुँदा पनि लोड हुन्छन् र सहजै डाउनलोड हुन्छन् । यही विशेषताले गर्दा पनि वेबसाइट चलाउनेहरूले वेबपी फर्म्याटका फोटो अपलोड गर्ने गर्छन् ।

वेबपी फर्म्याटलाई कसरी जेपीईजी फर्म्याटमा डाउनलोड गर्ने ?

इन्टरनेटमा भएका वेबपी फर्म्याटका फोटो जेपीईजी फर्म्याटमा डाउनलोड गर्ने थुप्रै तरिकाहरू छन् । हामी त्यही मध्येका दुई ओटा तरिकाबारे जानकारी दिँदैछौँ ।

१) 'सेभ एज इमेज' क्रोम एक्सटेन्सन डाउनलोड

-  सबैभन्दा पहिले यहाँ क्लिक गरेर सेभ एज क्रोम एक्सटेन्सन पेजमा जानुहोस् ।

-  त्यसपछि 'एड टु क्रोम'को बटनमा क्लिक गरेर एक्सटेन्सन डाउनलोड गर्नुहोस् ।

-  यति गरेपछि गुगलमा आफूलाई आवश्यक परेको फोटो सर्च गर्नुहोस् ।

-  फोटोमा राइट क्लिक गर्नुहोस् ।

-  अनि, सेभ इमेज एज टाइमको अप्सनमा क्लिक गर्नुहोस् ।

-  र, आफूलाई आवश्यक फर्म्याट छानेर फोटो डाउनलोड गर्नुहोस् ।

२) फोटो वेबपीमै डाउनलोड गरेर पेन्ट सफ्टवयेरबाट परिवर्तन गर्नुहोस् ।

इन्टरनेटबाट डाउनलोड गरेका वेबपी फर्म्याटका फोटो कम्प्युटरको पेन्ट एपबाट खुल्छ ।

-  फोटो पेन्ट एपमा खुलिसकेपछि माथि सेभको अप्सनमा क्लिक गर्नुहोस् ।

-  यति गरेपछि सेभ एज टाइपमा क्लिक गरेर आफूलाई उपयुक्त फर्म्याट छानेर डाउनलोड गर्नुहोस् ।

 

 

पछिल्लो अध्यावधिक: माघ २३, २०७९ ९:४३