close

क्यान इन्फोटेकमा भायानेटको इन्टरनेट खरिद गर्दा २० प्रतिशत छुट

टेकपाना टेकपाना

माघ २५, २०७९ १५:३

क्यान इन्फोटेकमा भायानेटको इन्टरनेट खरिद गर्दा २० प्रतिशत छुट

काठमाडौँ । जारी क्यान इन्फोटेक २०२३ मा भायानेटको स्टलमा गई अल्ट्रा-फाईकाे कुनै पनि प्याकेज खरिद गर्दा २० प्रतिशत छुट पाउन सकिने भएकाे छ । कम्पनीको अल्ट्रा-फाई योजनाका ग्राहकका लागि याे सुविधा ल्याएकाे हाे ।

यसअन्तर्गत एक टिभी सहितको २०० एमबीपीएसको प्याकेजको एक महिनाको मूल्य १४०० रुपैयाँ तोकिएको छ ।

सोही प्याकेजको तीन महिनाको शुल्क भने ४०५० रुपैयाँ छ भने तीन महिनाको लागि इन्टरनेटको मात्र शुल्क तिर्दा ३३०० रुपैयाँ लाग्छ ।

त्यस्तै १२ महिनाको इन्टरनेटको मात्र तिर्ने हो भने ११,९८८ रुपैयाँ लाग्छ भने उक्त प्याकेजको एकमुस्ट १२ महिनाको पैसा तिर्दा १३,७८८ रुपैयाँ लाग्छ ।

साथै २५० एमबीपीएस इन्टरनेटसहित दुई ओटा टिभीको लागि मासिक १५५० रुपैयाँ तिर्नुपर्छ । सोही प्याकेजको तीन महिनाको शुल्क ४,५०० रुपैयाँ छ भने १२ महिनाको शुल्क १५ हजार छ ।

तीन टिभीसहित ३०० एमबीपीएस इन्टरनेटको लागि मासिक १९०० रुपैयाँ तिर्नुपर्ने हुन्छ । यदि तीन महिनाको रकम तिर्ने हो भने यस प्याकेजको शुल्क ५,५५० लाग्छ भने १२ महिनाको शुल्क १८ हजार लाग्छ ।

यीमध्ये कुनै पनि प्याकेज क्यान इन्फोटेकमा गएर खरिद गरेको खण्डमा २० प्रतिशत छुट प्राप्त गर्न सकिने कम्पनीले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: माघ २६, २०७९ १३:५