close

भक्तपुर नगरपालिकाले सञ्चालन गरिरहेको देशकै उदाहरणीय ‘ख्वपः इन्जिनियरिङ कलेज’

टेकपाना टेकपाना

माघ २५, २०७९ १९:४६

भक्तपुर नगरपालिकाले सञ्चालन गरिरहेको देशकै उदाहरणीय ‘ख्वपः इन्जिनियरिङ कलेज’

काठमाडाैँ ।  वि.सं. २०५८ मा भक्तपुर नगरपालिकाले स्थापना गरेको ख्वप: इन्जिनियरिङ कलेजले पूर्वाञ्चल कलेजबाट सम्बन्धन प्राप्त गरी स्नातक र स्नातकोत्तर तहमा इन्जिनियरिङ र अन्य विषयका कोर्षहरू सञ्चालन गरिरहेको छ ।

पूर्वाञ्चल विश्वविद्यालयले वि.सं. २०७६ मा सम्बन्धनप्राप्त कलेजहरुमध्ये ख्वप: लाई उत्कृष्ट कलेज घोषणा गरेको थियो ।

यस कलेजले प्रत्येक वर्ष ‘अर्थक्वेक इन्जिनियरिङ’बारे सम्मेलन गर्दै आएको छ । त्यस्तै कलेजले ‘आर्किटेक्चर ट्रेन्ड’ र दिगो सामाजिक विकासका लागि ऊर्जाको भूमिकामा अन्तर्राष्ट्रिय सम्मेलन पनि गर्दै आएको छ ।

साथै जेनिस एकेडेमीसँग सहकार्य गरी कलेजले आईटी विद्यार्थीलाई अतिरिक्त शिक्षाकाे व्यवस्था गरेकाे छ । 

यस कलेजमा हरेक काेर्षमा भक्तपुर नगरपालिकाबाट २५ प्रतिशत, भक्तपुर जिल्लाबाट २० प्रतिशत, दुर्गम जिल्लाबाट पाँच प्रतिशत र अन्य जिल्लाबाट ५० प्रतिशत विद्यार्थी छनाेट गरिन्छ ।

शब्द-चित्रमा ख्वपः

कलेज नाम: ख्वप: इन्जिनियरिङ कलेज

सम्बन्धन: पूर्वाञ्चल विश्वविद्यालय

संस्थापक/सञ्चालक: भक्तपुर नगरपालिका

सञ्चालक समिति: सुनिल प्रजापति (मेयर, भक्तपुर नगरपालिका), राजनी जोशी (उपमेयर-भक्तपुर नगरपालिका), ई. सुजन माका (प्रिन्सिपल, कलेज)

विद्यार्थी संख्या: ९९२

शिक्षक/विद्यार्थी संख्या: शिक्षक ५२ र कर्मचारी ४७ गरी कुल ९९

कलेजका अन्य संस्था

यस कलेजको ‘सिस्टर इन्स्टिच्युट’ का रुपमा निम्न शैक्षिक संस्था छन् :

-ख्वप: कलेज अफ इन्जिनियरिङ​

-ख्वप: सेकेन्डरी स्कुल

-ख्वप: कलेज

-ख्वप: कलेज अफ ल

-ख्वप: पोलिटेक्निक इन्स्टिच्युट

-शारदा सेकेन्डरी स्कुल

-शारदा क्याम्पस

 

उत्तीर्ण विद्यार्थीको अवस्था

विभिन्न विषय अध्ययन गरेर उत्तीर्ण भएका विद्यार्थीको अवस्थाबारे कलेजले हालै तयार पारेकाे प्रतिवेदनअनुसार ४२ प्रतिशत विद्यार्थी निजी कम्पनीमा, ७.६ प्रतिशत सरकारी र ७.६ प्रतिशत गैरसरकारी संस्थामा काम गरिरहेका छन् ।

त्यस्तै ३.८ प्रतिशत उद्यमी, २०.६ प्रतिशत विश्विद्यालयकाे अनुसन्धान परियाेजना र १८.४ अन्य क्षेत्रमा कार्यरत छन् ।


आईटी काेर्ष

बीई कम्प्युटर

कम्प्युटर सिस्टम र नेटवर्कहरुको डिजाइन, डेभलपमेन्ट र मेन्टेनेन्स गर्न यो कोर्ष बनाइएको हो । यस कोर्षमा प्रोग्रामिङ, एल्गोरिदम, कम्प्युटर आर्टिकेक्चर, डेटाबेस र कम्प्युटर सेक्युरिटी आदि विषयको अध्यापन हुन्छ ।

यस कोर्षको अध्ययन गरेका विद्यार्थीहरु आईटी लगायत अन्य उद्योगमा समेत काम गर्न सक्छन्, जहाँ उनीहरु सफ्टवेयर डेभलपमेन्ट, नेटवर्क एड्मिनिस्ट्रेसन, डेटा एनालिस्ट आदि भएर काम गर्न सक्छन् ।

कलेजमा यस कोर्षको भर्ना क्षमता ४८ सिट रहेको छ । त्यस्तै शुल्क ७ लाख ३० हजार रुपैयाँ रहेको छ ।

कोर्षबारे थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

 

बीई इलेक्ट्रोनिक्स, कम्प्युनिकेसन एन्ड अटोमेसन

विभिन्न इलेक्ट्रोनिक्स सिस्टम र कम्प्युनिकेसन नेटवर्कहरुको डिजाइन र इम्प्लिमेन्टेसनका लागि यो कोर्ष तयार पारिएको हो । यस कोर्षमा इलेक्ट्रोनिक्स, कम्प्युनिकेसन थ्याेरी, अटोमेसन, कन्ट्रोल सिस्टम आदि विषयको अध्यापन हुन्छ ।

यस कोर्षले विशेषत: इलेक्ट्रोनिक्स, कम्प्युनिकेसन र अटोमेसन विषयको ज्ञान प्रदान गर्छ । अध्ययन गरेका विद्यार्थी टेलिकम्प्युनिकेसन, कन्ज्युमर इलेक्ट्रोनिक्स र अटोमेसन सिस्टम जस्ता उद्योगमा काम गर्न सक्छन् ।

कलेजमा यस कोर्षका लागि ४८ जना विद्यार्थीकाे सिट निर्धारण गरिएकाे छ । त्यस्तै शुल्क सात लाख ३० हजार रुपैयाँ रहेको छ ।

कोर्षबारे थप जान्न यहाँ क्लिक गर्नुहोस् ।

 

आईटी बाहेकका कोर्ष

माथिका काेर्षबाहेक कलेजले अन्य कोर्षहरू पनि सञ्चालन गरिरहेको छ । यसअन्तर्गत स्नातक तहमा आर्किटेक्चर र सिभिल इन्जिनियरिङकाे पढाइ हुन्छ ।

आर्किटेक्चर इन्जिनियरिङका लागि ४८ जनाकाे सिट ताेकिएकाे छ । यो पाँच वर्षे (१० सेमेस्टर) काेर्ष हो । यस कोर्षको शुल्क नाै लाख १२ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै सिभिल इन्जिनियरिङको सिट क्षमता ९६ रहेको छ । यसको शुल्क सात लाख ५० हजार रुपैयाँ रहेको छ ।

त्यस्तै कलेजले स्नातकोत्तर तहमा अर्थक्वेक इन्जिनियरिङ र एमएससी इन अर्बान डिजाइन एन्ड कन्जर्भेसन कोर्ष सञ्चालन गरिरहेको छ ।

यी दुवै कोर्षमा भर्ना सिट २० र शुल्क तीन लाख १४ हजार रुपैयाँ रहेको छ ।


सम्पर्क

वेबसाइट: www.khec.edu.np

टेलिफाेन: ०१-५१२२०९४

ईमेल: [email protected]

ठेगाना: लिबली, भक्तपुर

पछिल्लो अध्यावधिक: माघ २६, २०७९ १२:४३