close

गेमिङलाई लक्षित रेड्मीको स्मार्टफोन, यस्ता छन् विशेषता

टेकपाना टेकपाना

फागुन ३, २०७९ १६:७

गेमिङलाई लक्षित रेड्मीको स्मार्टफोन, यस्ता छन् विशेषता

काठमाडौं । रेड्मीले नेपाली बजारमा आफ्नो नयाँ बजेट स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको 'रेड्मी १०' स्मार्टफोन विशेषगरी गेमिङलाई लक्षित गरि तयार गरिएको जनाएको छ । 
फोनमा  मिडियाटेक हेलियो जी८८ (MediaTek Helio G88) प्रोसेसर प्रयोग भएको छ ।

यो फोन ४ जीबी र्‍याम सहित ६४ जीबि स्टोरेज र ६ जीबी र्‍याम सहित १२८ जीबी स्टोरेजको भेरियन्टमा उपलब्ध  छ । फोनमा ९० हर्जको ६.५ इन्चको फुलएचडी प्लस डट डिस्प्ले छ जसमा गोरिल्ला ग्लास प्रयोग गरिएको कम्पनीले जनाए ।  

त्यस्तै १८ वाटको फास्ट चार्जिङ सपोर्ट सहित ५,००० एमएएच ब्याट्री भएको यो फोन लामो समयसम्म प्रयोग गर्न उपयुक्त हुने कम्पनीको दाबी छ । फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा सहित ८ मेगापिक्सेलको अल्ट्रावाइड, २/२ मेगापिक्सेलको म्याक्रो र डेप्थ क्यामेरा साथै ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा उपलब्ध छ । 

यो सँगै कम्पनीले यो फोनमा साइड फिंगरप्रिन्ट सेन्सर, एआई फेस अनलक लगायतका फिचर पनि यो फोनमा दिएको छ । यो फोन कार्बन ग्रे, पेबल ह्वाइट र सी ब्लु गरी ती रंगमा पाउन सकिन्छ ।

नेपाली बजारमा ४ जीबी र्‍याम सहित ६४ जीबी स्टोरेज भेरियन्टको मूल्य २० हजार ४९९ रुपैयाँ तोकिएको छ भने ६ जीबी र्‍याम सहित १२८ जीबी भेरियन्टको मूल्य २३ हजार ९९९ रुपैयाँ तोकिएको छ । 

पछिल्लो अध्यावधिक: फागुन ३, २०७९ १७:२१