close

आठ वर्षअघि ग्राहकबाट औसत ३७० रुपैयाँ कमाउने एनसेल अहिले १८९ रुपैयाँमा सीमित

टेकपाना टेकपाना

फागुन १७, २०७९ १२:३७

आठ वर्षअघि ग्राहकबाट औसत ३७० रुपैयाँ कमाउने एनसेल अहिले १८९ रुपैयाँमा सीमित

काठमाडौं । एनसेलले प्रति ग्राहकबाट गर्ने औसत आम्दानी १८९ रुपैयाँमा खुम्चिएको छ । आजभन्दा आठ वर्ष अघि प्रति ग्राहक ३७० रुपैयाँ रहेको कम्पनीको औसत आम्दानी (एआरपीयू) सन् २०२२ सम्म आइपुग्दा १८१ रुपैयाँले खुम्चिएको हो । 

एनसेलको प्यारेन्ट कम्पनी आजियाटा समूहले प्रकाशित गरेको वित्तीय प्रतिवेदन अनुसार सन् २०२१ को तुलनामा सन् २०२२ मा मात्रै प्रति ग्राहक औसत आम्दानी १९ रुपैँयाले घटेको छ । सन् २०२२ मा एनसेलले ‍औसत रुपमा एक जना प्रिपेड ग्राहकबाट १८७ रुपैयाँ र पोस्टपेड ग्राहकबाट २५७ रुपैयाँ आम्दानी गरेको थियो । 

कम्पनीका अनुसार हाल एनसेलमा पोस्टपेडतर्फ पाँच लाख ६० हजर र प्रिपेडतर्फ एक करोड ६५ लाख ८६ हजार  गरी कूल एक करोड ७१ लाख ४५ हजार ग्राहक छन् ।

पछिल्लो अध्यावधिक: फागुन १७, २०७९ १२:४४