close

कति छ एनसेलको कूल सम्पत्ति ?

टेकपाना टेकपाना

फागुन १९, २०७९ १४:३०

कति छ एनसेलको कूल सम्पत्ति ?

काठमाडौं । एनसेल नेपालकै सबैभन्दा धेरै आम्दानी गर्ने दूरसञ्चार तथा मोबाइल सेवाप्रदायक कम्पनी हो, जसले सन् २०२२ मा मात्रै ३९ अर्ब ८१ करोड रुपैयाँ आम्दानी गरेको छ ।

यति धेरै आम्दानी र नाफा गर्ने कम्पनीको कूल सम्पत्ति कति होला ?

अभिभावक कम्पनी आजियाटा ग्रुपले हालै सार्वजनिक गरेको वित्तीय प्रतिवेदन अनुसार एनसेलको कूल सम्पत्ति छ खर्ब ८३ अर्ब २९ करोड रुपैयाँ रहेको छ । 

एनसेलको वित्तीय स्थिति हेर्ने हो भने गत एक वर्षमा कम्पनीको पूँजीगत खर्च मात्रै ६६ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । एनसेलको नगद तथा बैंक ब्यालेन्सको कुरा गर्ने हो भने एक खर्ब ८४ अर्ब १५ करोड रुपैयाँ रहेको देखिन्छ । 

त्यसो त कम्पनीले तिर्न बाँकी रकम एक खर्ब ९४ अर्ब २५ करोड रुपैयाँ छ भने लिजबापत भुक्तानी गर्नुपर्ने दायित्व ३३ अर्ब १५ करोड रुपैयाँ छ ।

पछिल्लो अध्यावधिक: फागुन १९, २०७९ १४:३५