close

मोबाइल कलको शुल्क घटाउन प्रति सेकेण्ड पल्स लागू गर्दैछौँः अध्यक्ष खनाल

टेकपाना टेकपाना

फागुन २०, २०७९ १३:९

मोबाइल कलको शुल्क घटाउन प्रति सेकेण्ड पल्स लागू गर्दैछौँः अध्यक्ष खनाल

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल कलको शुल्क घटाउन पल्स प्रति सेकेण्ड (पीपीएस) लागू गर्ने तयारी गरेको छ ।

प्राधिकरणको रजत जयन्तीको अवसरमा शनिबार राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पुरुषोत्तम खनालले यसबारे जानकारी दिएका हुन् । उनले हालको प्रति १० सेकेण्ड पल्सलाई एक सेकेण्डमा ल्याउन अध्ययन भइरहेकाे उल्लेख गरे ।

हालको नियमानुसार मोबाइलमा १ सेकेण्ड कल गर्दा १० सेकेण्डकै शुल्क लाग्ने गरेको छ । यसले गर्दा प्रयोगकर्तालाई मोबाइल कलको शुल्क महँगो पर्ने गरेको छ ।

प्रति सेकेण्ड पल्स रेट लागू भएको खण्डमा भने उपभोक्ताले जति सेकेण्ड कुराकानी गर्छन्, त्यति नै समयको शुल्क तिरे पुग्नेछ ।

पछिल्लो अध्यावधिक: फागुन २०, २०७९ १३:२१