close

कहाँकहाँ उपलब्ध छ देशकै सस्तो इन्टरनेट वाई-फाई नेपालको सेवा ?

टेकपाना टेकपाना

फागुन २४, २०७९ १३:३२

कहाँकहाँ उपलब्ध छ देशकै सस्तो इन्टरनेट वाई-फाई नेपालको सेवा ?

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वाई-फाई नेपालको सेवा देशका विभिन्न सहरमा विस्तार भएको छ । नेपालकै सस्तो इन्टरनेट प्याकेजका साथ गत जेठमा सञ्चालनमा आएको कम्पनीले आफ्नो सेवा पोखरा, बेगनास, दमौली, बिर्तामोड, दमक, इटहरी, विराटनगर, धरान, वीरगञ्ज लगायतका ठाउँमा विस्तार गरेको हो ।

कम्पनीले माघ र फागुन महिनामा पोखरा लगायत अन्य सहरमा आफ्नो सेवा विस्तार गरिएको जनाएको छ । ती क्षेत्रका प्रयोगकर्ताले वाई-फाई नेपालको ५० र ८० एमबीपीएस गतिको इन्टरनेट प्याकेज खरिद गर्न सक्नेछन् ।

कम्पनीले मासिक ३६६ रुपैयाँमा ५० एमबीपीएस र मासिक ५३३ रुपैयाँमा ८० एमबीपीएस गतिको इन्टरनेट प्याकेज उपलब्ध गराइरहेको छ । ५० एमबीपीएसको नयाँ इन्टरनेट जडान गर्न न्यूनतम् तीन महिनाको शुल्क भुक्तानी गर्नुपर्ने हुन्छ ।

नयाँ ग्राहकले तीन महिनाका लागि कूल तीन हजार १०० रुपैयाँ तिरेर वाई-फाई नेपालको इन्टरनेट जडान गर्न सक्छन् । जसमा तीन महिनाको इन्टरनेट शुल्क ११ सय रुपैयाँ, तारको शुल्क ५०० रुपैयाँ र राउटरको शुल्क १५ सय रुपैयाँ लाग्नेछ ।

छ महिना र एक वर्षका लागि जडान र तारको शुल्क नलाग्ने कम्पनीले जनाएको छ ।

यसरी तीन महिनाका लागि वाई-फाई नेपालको ५० एमबीपीएस इन्टरनेट जडान गर्दा कूल तीन हजार १०० रुपैयाँ, छ महिनाका लागि तीन हजार ६०० रुपैयाँ र एक वर्षका लागि पाँच हजार ५०० रुपैयाँ लाग्नेछ ।

त्यस्तै ८० एमबीपीएस इन्टरनेट स्पिड जडान गर्न तीन महिने प्याकेजका लागि तीन हजार ६०० रुपैयाँ शुल्क तोकिएको छ । जसमा तीन महिनाको इन्टरनेट शुल्क एक हजार ६०० रुपैयाँ , ५०० रुपैयाँ तार शुल्क र एक हजार ५०० रुपैयाँ राउटर शुल्क समावेश छ । सुरुवातमा छ महिना वा एक वर्षको भुक्तानी गर्ने ग्राहकले तारको शुल्क तिर्नुपर्ने छैन । 

यसरी तीन महिनाका लागि ८० एमबीपीएस इन्टरनेट जडान गर्दा तीन हजार ६०० रुपैयाँ, छ महिनाका लागि चार हजार ७०० रुपैयाँ र एक वर्षका लागि सात हजार ५०० रुपैयाँ लाग्नेछ ।

कम्पनीले देशका अन्य प्रमुख शहरमा पनि छिट्टै सेवा विस्तार गर्ने जनाएको छ । यद्यपि अन्य कुन शहरमा इन्टरनेट विस्तार हुँदैछ भन्ने विषयमा भने कम्पनीले खुलासा गरेको छैन ।

यहाँ क्लिक गरेर वा ०१-५९७०७८९ मा सम्पर्क गरेर  वाई-फाई नेपालको इन्टरनेट बुक गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: फागुन २४, २०७९ १३:३२