close

ग्रुपच्याट स्वतः ‘एक्स्पायर’ हुने फिचर ल्याउँदै ह्वाट्सएप

टेकपाना टेकपाना

फागुन २६, २०७९ १४:७

ग्रुपच्याट स्वतः ‘एक्स्पायर’ हुने फिचर ल्याउँदै ह्वाट्सएप

काठमाडौं । ह्वाट्सएपले ग्रुप च्याट स्वत: एक्स्पायर हुने फिचर ल्याउने भएकाे छ ।

वाबेटाइन्फोका अनुसार ह्वाट्सएपले आफ्नो ‘टेस्टफ्लाइट बेटा प्रोगाम’ मा ‘एक्सपायरिङ ग्रुप’ नामकाे फिचर परीक्षण गरेको छ ।

यसको सहायताबाट कुनै पनि ग्रुपच्याटको म्याद सकिने मिति राख्न सकिनेछ । उक्त मितिपछि सो ग्रुपच्याट स्वत: डिलिट हुनेछ । 

यसका लागि प्रयोगकर्ताले ग्रुपको सेटिङमा गएर ग्रुपच्याट समाप्त हुने मिति चयन गर्नसक्ने छन् ।

प्रयोगकर्ताले एक दिन, एक हप्ता वा कुनै पनि मिति चयन गर्न सक्ने वाबेटाइन्फाेले उल्लेख गरेकाे छ । त्यस्तै ग्रुपच्याटको ‘एक्स्पायर’ हुने मिति जुनैबेला पनि प्रयोगकर्ताले रद्द गर्न सक्नेछन् । साथै च्याटग्रुप डिलिट हुनअघि एडमिनले चेतावनी मेसेज प्राप्त गर्नेछन् ।

पछिल्लो अध्यावधिक: फागुन २६, २०७९ १४:१२