close

आउडीको इलेक्ट्रिक साइकल सार्वजनिक, मूल्य १३ लाख रुपैयाँ बढी

टेकपाना टेकपाना

फागुन २७, २०७९ २०:४७

आउडीको इलेक्ट्रिक साइकल सार्वजनिक, मूल्य १३ लाख रुपैयाँ बढी

काठमाडौं । कार निर्माता कम्पनी आउडीले आफ्नो विद्युतीय माउन्टेन बाइक सार्वजनिक गरेको छ । यो साइकलको डिजाइन कम्पनीको विद्युतीय रेसिङ कार 'आरएस क्यू ई-ट्रोन ईटु' बाट प्रेरित छ । 

आल्मुनियम फ्रेम प्रयोग भएको यस साइकलमा २५० वाटको ब्रोस मोटर र फ्यान्टिक कम्पनीको ३६ भोल्टको ७२० वाट प्रति घन्टाको ब्याट्री दिइएको छ । कम्पनीले अहिले नै यस साइकलको गति र रेन्जको विषयमा आधिकारिक जानकारी भने दिइसकेको छैन ।

यद्यपि एकपटको फूल चार्जमा यो साइकलले ९५ माइलसम्मको यात्रा गर्नसक्ने कम्पनीको भनाइ छ । साइकलमा एउटा सानो डिजिटल डिस्प्ले पनि राखिएको छ, जसमा प्रयोगकर्ताले विभिन्न ह्यान्डलबारहरू प्रयोग गर्न सक्नेछन् ।

साथै १० प्रतिशतभन्दा कम चार्ज भएपछि साइकल आफैंले प्रयोगकर्तालाई नोटिफिकेसन पठाउनेछ । आउडीको यो इलेक्ट्रिक माउन्टेन बाइक तीन साइजमा उपलब्ध हुनेछ, जसकाे मूल्य १० हजार डलर अर्थात् १३ लाख रुपैयाँभन्दा बढी तोकिएको छ ।

पछिल्लो अध्यावधिक: फागुन २७, २०७९ २०:४७