close

सबैले विद्युतीय सवारी प्रयोग गरौँः कुलमान घिसिङ

टेकपाना टेकपाना

फागुन २९, २०७९ १७:१०

सबैले विद्युतीय सवारी प्रयोग गरौँः कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधन प्रयोग गर्न सबैलाई आग्रह गरेका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक घिसिङले विद्युतीय सवारी साधन प्रयोग गर्दा परम्परागत सवारीभन्दा १० देखि १५ गुणा खर्च जोगिने बताए ।

‘इलेक्ट्रिक स्कुटरमा २५ पैसादेखि ३० पैसामा प्रति किलोमिटर खर्च लाग्छ । जबकि पेट्रोल, डिजेल प्रयोग गर्दा प्रतिकिलोमिटर १०-१२ रुपैयाँ खर्च पर्छ,'' उनले भने, ''त्यस्तै विद्युतीय गाडीमा प्रतिकिलोमिटर लागत एक रुपैयाँभन्दा कम अर्थात् ६० पैसादेखि ९० पैसाको हाराहारीमा पर्छ । जबकि पेट्रोल, डिजेलको गाडी प्रयोग हुँदा प्रतिकिलोमिटर १५ देखि २० रुपैयाँ लागत पर्छ ।’

विद्युतीय सवारीको 'अपरेसन कस्ट' पनि शुन्य हुने हुनाले उपभोक्तालाई फाइदा रहेको उनको भनाइ थियो । त्यस्तै अहिले पेट्रोल, डिजेल लगायतका इन्धनकाे आयातका लागि भइरहेकाे खर्चमा समेत कटौती हुने भएकाले राज्यलाई पनि फाइदा पुग्ने उनले बताए ।

विद्युतीय सवारी साधनको प्रयोग वातावरणीय र स्वास्थ्य सुरक्षाको दृष्टिले पनि उपयुक्त रहेकाे उल्लेख गर्दै उनले भने, ''पेट्रोल, डिजेलको गाडीले काठमाडौं लगायत सहरमा जुन प्रदूषण भइरहेको छ, विद्युतीय सवारी साधन चल्दा त्यो प्रदूषण पनि हट्छ ।’

पछिल्लो अध्यावधिक: फागुन २९, २०७९ १७:१०