close

अनर एक्स फाइभ नेपाली बजारमा, मूल्य १२ हजार

टेकपाना टेकपाना

चैत २, २०७९ १२:३५

अनर एक्स फाइभ नेपाली बजारमा, मूल्य १२ हजार

काठमाडौं । नेपाली बजारमा चिनियाँ ब्रान्ड अनरको नयाँ स्मार्टफोन अनर एक्स फाइभ मोडेलको स्मार्टफोन भित्रिएको छ । ६.५ इन्चको टीएफटी एलसीडी डिस्प्ले रहेको फोन एन्ड्रोइड १२ (गो एडिसन) मा चल्छ ।

फोनमा २ जीबी र्‍याम र ३२ जीबी इन्टर्नल स्टोरेज दिइएको छ । मिडियाटेक हेलियो जी२५ प्रोसेसरबाट सञ्चालित फोनमा ८ मेगापिक्सेलको मुख्य क्यामेरा र ५ मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएको छ । त्यस्तै ५००० एमएएच क्षमताको ब्याट्री छ ।

नेपालमा यो फोनको मूल्य ११ हजार ९९० रुपैयाँमा ताेकिएकाे छ ।

पछिल्लो अध्यावधिक: चैत २, २०७९ १२:३५