close

ईसेवाबाट बैंक खातामा रकम ट्रान्स्फर गर्दा हङकङ घुम्न जाने मौका

टेकपाना टेकपाना

चैत २, २०७९ १७:९

ईसेवाबाट बैंक खातामा रकम ट्रान्स्फर गर्दा हङकङ घुम्न जाने मौका

काठमाडौं । भुक्तानी सेवाप्रदायक ईसेवाले ‘बैंक ट्रान्स्फरबाट पैसा खातैमा, हङकङको टिकट चट्ट हातैमा’ उपहार योजना सार्वजनिक गरेको छ ।

यस अफरअन्तर्गत ईसेवाका ग्राहकले आफ्नो ईसेवा अकाउन्टमार्फत बैंक खातामा रकम ट्रान्स्फर गर्दा हङकङ घुम्ने मौका पाउने कम्पनीले जनाएकाे छ ।

बैंक ट्रान्सफर गर्दा डबल क्याशब्याक पाउनुका साथै हङकङ घुम्न जाँदा दोहोरो टिकट जित्न सकिने कम्पनीकाे भनाइ छ । यस अफरमा ईसेवामार्फत बैंक तथा सहकारीका खातामा रकम ट्रान्सफर गर्दा सहभागी हुन पाइने छ ।

चैत ३० गतेसम्म यो अफर सञ्चालन हुनेछ । योजनामा सहभागी हुन योजना अवधिभर कम्तीमा दुईपटक बैंक ट्रान्स्फर गरेको हुनुपर्ने बताइएकाे छ ।

पछिल्लो अध्यावधिक: चैत २, २०७९ १७:१४