close

आधा दर्जन बढी इन्जिनियरिङ कोर्ष पढाउने ‘नेपाल इन्जिनियरिङ कलेज’

टेकपाना टेकपाना

चैत ३, २०७९ १६:१

आधा दर्जन बढी इन्जिनियरिङ कोर्ष पढाउने ‘नेपाल इन्जिनियरिङ कलेज’

काठमाडाैं । वि.सं. २०५० मा गैरनाफामूलक सामाजिक शिक्षण संस्थाका रुपमा स्थापना भएकाे नेपाल इन्जिनियरिङ कलेजले पाेखरा विश्वविद्यालयबाट सम्बन्धन लिएर विभिन्न इन्जिनियरिङ विषयमा स्नातक र स्नातकाेत्तर तहका लागि शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेकाे छ ।

यस कलेजले ०७२ सालमा युरोक्रेट सर्टिफिकेसनबाट आईएसओ ९००१: २०१५ प्राप्त गरेको छ । कलेजमा कम्प्युटर इन्जिनियरिङसहित आधा दर्जन बढी इन्जिनियरिङ शैक्षिक कार्यक्रम सञ्चालन भइरहेकाे छ ।

ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ

माइक्रो-इलेक्ट्रोनिक्स र कम्प्युटर विज्ञान, यी दुवैको ज्ञान भएको जनशक्ति उत्पादन गर्ने उद्देश्यले यस कलेजले वि.सं. २०५५ देखि यो शैक्षिक कार्यक्रम सञ्चालन गरेको हो । यस कोर्षले विद्यार्थीलाई कम्प्युटर प्रोग्रामिङ, इलेक्ट्रोनिक्स तथा सफ्टवेयर/हार्डवेयरमा सीप तथा क्षमता विकास गर्न मद्दत गर्छ ।

यो ८ सेमेस्टरको ४ वर्षे डिग्री हो । कलेजमा यो कोर्षको शुल्क ८ लाख ९२ हजार रुपैयाँ रहेको छ । त्यस्तै विद्यार्थी सिट क्षमता ९६ रहेको छ । तर कलेजले ‘फाउन्डर मेम्बर स्कलरशिप’, ‘मेरिट स्कलरशिप’ लगायत विभिन्न छात्रवृत्ति कार्यक्रम पनि सञ्चालन गरेकाे छ ।

अन्य कोर्ष

कलेजले स्नातक तहमा आईटीबाहेक आर्किटेक्चर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, सिभिल एन्ड रुरल इन्जिनियरिङ, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ सञ्चालन गरिरहेको छ ।

त्यस्तै कलेजमा डिप्लोमा तह उत्तीर्ण विद्यार्थीका लागि बीई सिभिल समेत सञ्चालनमा छ । त्यस्तै स्नातकोत्तर तहमा कन्स्ट्रक्सन म्यानेजमेन्ट, इन्टरडिस्प्लिनरी वाटर रिसोर्स म्यानेजमेन्ट (आईडब्लूआरएम), नेचुलर रिसोर्सेस म्यानेजमेन्ट र ट्रान्सपोर्टेसन इन्जिनियरिङ एन्ड म्यानेजमेन्टको पनि अध्यापन हुन्छ । 

शब्द-चित्रमा कलेज

कलेज नाम: नेपाल इन्जिनियरिङ कलेज (एनईसी)

स्थापना: वि.सं. २०५०

सम्बन्धन: पोखरा विश्वविद्यालय

संस्थापकहरू: स्व. प्राडा. दिपक भट्टराई, लमोदर न्यौपाने, डा. रामरत्न उपाध्याय, हरिप्रसाद पाण्डे, ई. लवराज भट्टराई, सूर्यबहादुर केसी र डा. उपेन्द्र गौतम

प्रिन्सिपल: प्राडा. हरिकृष्ण श्रेष्ठ

विद्यार्थी संख्या: दुई हजार बढी

शिक्षक/विद्यार्थी संख्या: २३० बढी

भर्ना: कुनै पनि विद्यार्थीले कलेजमा भर्ना हुन सबैभन्दा सुरुमा पोखरा विश्वविद्यालयले लिने प्रवेश परीक्षामा उत्तीर्ण गर्नुपर्छ । त्यसपछि विद्यार्थीले कलेजमा भर्ना हुन पाउँछन् । त्यसरी कलेजमा भर्ना हुन आउनेहरूकाे मेरिट लिस्ट कलेजले तयार पार्छ । त्यही सूची अनुसार नै कलेजले विद्यार्थी भर्ना लिने गर्छ । 

सम्पर्क

वेबसाइट:nec.edu.np

टेलिफाेन: ०१-५२२२१००६

ईमेल: [email protected]

ठेगाना: चाँगुनारायण, भक्तपुर

पछिल्लो अध्यावधिक: चैत ३, २०७९ १६:१