close

अब फेसबुक र इन्स्टाग्रामका ‘भेरिफाइड’ प्रयोगकर्ताले मासिक १५ डलरसम्म तिर्नुपर्ने

टेकपाना टेकपाना

चैत ४, २०७९ १०:४९

अब फेसबुक र इन्स्टाग्रामका ‘भेरिफाइड’ प्रयोगकर्ताले मासिक १५ डलरसम्म तिर्नुपर्ने

काठमाडौं । अब फेसबुक र इन्स्टाग्रामका ‘भेरिफाइड’ प्रयोगकर्ताले मासिक १५ डलरसम्म तिर्नुपर्ने भएको छ । फेसबुकको अभिभावक कम्पनी मेटाले याे नियम सबै देशमा विस्तार गर्ने याेजना ल्याएकाे छ ।

मेटाले हालै अमेरिकी प्रयोगकर्ताका लागि यो नियम ल्याएको छ । यसअघि अष्ट्रेलिया र न्यूजिल्यान्डका प्रयोगकर्ताका लागि यस्तो पेड भेरिफिकेसन सर्भिस ल्याएको थियो ।

यस सेवाअन्तर्गत वेब भर्सनका प्रयोगकर्ताले ११.९९ डलर प्रति महिना शुल्क तिर्नुपर्ने छ भने आईओएस प्रयोगकर्ताले भने १४.९९ डलर प्रति महिना शुल्क तिर्नुपर्ने छ ।

एन्ड्रोइड एपको लागि भने यो सेवा कहिले देखि सुरु हुनेछ भन्ने विषयमा कम्पनीले अहिले नै कुनै जानकारी दिइसकेको छैन । साथै अन्य देशहरूमा पनि यो सेवा छिट्टै नै लागू गर्ने मेटाको तयारी छ ।

पछिल्लो अध्यावधिक: चैत ४, २०७९ १०:४९