close

कता गायब भए स्पोटिफाईबाट बलिउड गीत ?

टेकपाना टेकपाना

चैत ८, २०७९ १२:९

कता गायब भए स्पोटिफाईबाट बलिउड गीत ?

काठमाडौं । यदि तपाईँ स्पोटिफाईको प्रयोगकर्ता हुनुहुन्छ भने तपाईँको प्लेलिस्टबाट केही हिन्दी गीतहरू गायब भएका हुनसक्छन् । क्लिक गर्दा पनि किन बज्दैन भन्ने तपाईँलाई लागिरहेको होला । 

एकदमै चलेका गीतहरू जस्तै बाजिराओ मस्तानी फिल्मको मलहारी, बारबार देखो फ्लिमको काला चस्मा लगायतका गीतहरू स्पोटिफाईबाट हटाइएको छ । त्यसैगरी कलंक, रामलिला लगायतका फिल्मका गीतहरू पनि हटेको छ ।  

हालै स्पोटिफाईले केही सीमित बलिउड गीतहरूलाई आफ्नो प्लेटफर्मबाट हटाएको हो । बीबीसीमा प्रकाशित लेखका अनुसार केही कम्पनीहरूले सम्झौता नवीकरण नगरेका कारण सो कम्पनी अन्तर्गतका गीतहरूलाई स्पोटिफाईबाट हटाइएको छ । 

बलिउड गीतको लागि केही कम्पनीसँग सम्झौता नवीकरणको लागि छलफल अगाडि बढाउने तयारी भइरहेको कम्पनीले जनाएको छ । सम्झौता नवीकरण हुने बित्तिकै उक्त गीतहरू फेरी बज्नेछन् । 

  
    

पछिल्लो अध्यावधिक: चैत ८, २०७९ १२:११