close

इन्टरनेट बिना गीत सुन्न मिल्ने फिचर ल्याउँदै स्पोटिफाइ

टेकपाना टेकपाना

जेठ २७, २०८० १४:५५

इन्टरनेट बिना गीत सुन्न मिल्ने फिचर ल्याउँदै स्पोटिफाइ

काठमाडौं । स्पोटिफाइले अफलाइनमा पनि गीत सुन्न मिल्ने फिचर ल्याउने भएकाे छ । हालै बाहिरिएकाे एक विवरण अनुसार कम्पनीले 'योर अफलाइन मिक्स' नामक फिचरमा काम गरिरहेको छ, जसअन्तर्गत एउटा प्लेलिस्ट तयार गरेर प्रयोगकर्ताले आफूले मन पर्ने गीतहरू डाउनलोड गरेर राख्न सक्नेछन् ।

यसरी डाउनलोड गरिएको गीतहरू इन्टरनेट नभएको बेलामा पनि सुन्न सकिनेछ । हाल स्पोटिफाइमा इन्टरनेट बिना गीत सुन्न सकिँदैन । स्पोटिफाइमा भएका गीतहरू अथवा आफ्नो प्लेलिस्टमा भएका गीतहरु सुन्न पनि इन्टरनेट चाहिन्छ । तर अब भने कम्पनीले छिट्टै नै अफलाइन गीत सुन्न सक्ने फिचर ल्याउने भएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ड्यानियल इकले ट्वीट गर्दै यस विषयमा जानकारी दिएका हुन् ।

उनले उक्त ट्वीटमा एउटा स्क्रिनशट शेयर गरेका छन्, जसमा 'योर अफलाइन मिक्स' भनेर लेखिएको छ । उक्त लोगोको तल भने इन्टरनेट कनेक्सन नभएको समयमा पनि गीत सुन्न सकिने भनेर डिस्क्रिप्सन दिइएको छ ।

पछिल्लो अध्यावधिक: जेठ २७, २०८० १४:५५