close

अब एन्ड्रोइड प्ले स्टोरबाटै विभिन्न डिभाइसहरूबीच एप सिंक गर्न सकिने

टेकपाना टेकपाना

चैत ८, २०७९ १३:२२

अब एन्ड्रोइड प्ले स्टोरबाटै विभिन्न डिभाइसहरूबीच एप सिंक गर्न सकिने

काठमाडौं । गुगल प्लेस्टोरमा ‘सिङ्क एप्स टु डिभाइसेस’ फिचर थपिएको छ । धेरै ओटा एन्ड्रोइड डिभाइसहरूबीच सिङ्क (sync) गर्न‍ गुगलले यो फिचर ल्याएको हो ।

अब उक्त फिचर प्रयोग गरी प्रयोगकर्ताले एकैपटक धेरै एन्ड्रोइड डिभाइसमा एप इन्स्टल गर्न सक्नेछन् । प्लेस्टोरको ‘म्यानेज एप्स एन्ड डिभाइस’ सेक्सनभित्र रहने यो फिचरबाट गुगल अकाउन्ट साइन इन गरिएका सबै एन्ड्रोइड डिभाइसहरु देख्न सकिने छ ।

अब ती सबै डिभाइसमा प्लेस्टोरबाट एकैपटक एप डाउनलोड गर्न सकिने भएको हो । यद्यपि अहिले यो फिचर नयाँ एपहरूमा मात्र लागू हुने बताइएको छ । पहिले नै इन्स्टल गरिएका एपहरुमा भने सिङ्क गर्न सकिने छैन ।

यो फिचर धेरै डिभाइस प्रयोग गरेर ती सबैमा एउटै एप चलाउन खोज्ने प्रयोगकर्ताका लागि उपयोगी हुने बताइएको छ । तर अहिले यो फिचर सबै प्रयोगकर्तालाई भने उपलब्ध गराइएको छैन ।

यसबाहेक गुगलले प्लेस्टोरमा अनस्टेबल एप (unstable apps) बारे चेतावनी दिने, आउटडेटेड एप (outdated app) इन्स्टल गर्नबाट रोक्ने जस्ता अन्य फिचर पनि परीक्षण गरिरहेको छ ।

पछिल्लो अध्यावधिक: चैत ८, २०७९ १३:२२