close

क्रोममा भेटियो नक्कली च्याटजीपीटी एक्सटेन्सन, फेसबुक अकाउन्टै नै ह्याक हुने

टेकपाना टेकपाना

चैत ९, २०७९ २१:५२

क्रोममा भेटियो नक्कली च्याटजीपीटी एक्सटेन्सन, फेसबुक अकाउन्टै नै ह्याक हुने

काठमाडौं । पछिल्लो समय चर्चामा रहेको आर्टिफिसियल इन्टेलिजेन्स टुल च्याटजीपीटीको नाममा स्क्याम फैलिने क्रम रोकिएको छैन । हालै च्याटजीपीटीको नाममा गुगल क्रोममा नक्कली एक्सटेन्सन बनाई प्रयोगकर्ताको फेसबुक अकाउन्ट ह्याक भइरहेको तथ्य बाहिरिएको छ ।

साइबर सेक्युरिटी फर्म गार्डियोको एक रिपोर्टअनुसार ‘च्याटजीपीटी फर गुगल’ नाम भएको एक्सटेन्सनलाई ह्याकरहरूले फेसबुक अकाउन्ट ह्याक गर्न प्रयोग गरिरहेका छन् ।

गुगलले क्राेम वेब स्टाेरबाट याे एक्सटेन्स हटाएपनि नाै हजारभन्दा बढीले याे मालिसियस बट डाउनलाेड गरिसकेकाे बताइएकाे छ । विशेषगरी याे एक्सटेन्सनले फेसबुक अकाउन्टकाे कुकिज चाेरी गरी साे अकाउन्ट कम्प्राेमाइज गर्ने रिपाेर्टमा उल्लेख छ ।

एक्सटेन्सन डाउनलोड गर्नेहरूको फेसबुक अकाउन्टलाई ह्याक गरेर ‘लिली कोलिन्स’ क्लोन र बटहरूमा परिणत गर्न ह्याकरहरूले चर्चित ओपनसाेर्स प्रयोग गरेको पनि जनाइएकाे छ ।

​पछिल्लो समय ह्याकरहरूले फेसबुक, गुगललगायत अन्य ठूला कम्पनीका नाममा यस्ता थुप्रै नक्कली एक्सटेन्सन बनाइरहेका छन्, जसले गर्दा धेरै प्रयोगकर्ता साइबर सुरक्षाकाे शिकार बनिरहेका छन् ।

यस्ताे जाेखिमबाट बच्न आधिकारिक वेबसाइटबाट मात्र सेवा लिन र शंका लागेको एक्सटेन्सन डाउनलोड नगर्न साइबर सुरक्षा विज्ञहरूले सुझाव दिएका छन् ।

यो पनि पढ्नुहोस्:

च्याटजीपीटीको नाममा फेसबुकमा स्पाम लिङ्क, भुलेर पनि क्लिक नगर्नुहोला



 

पछिल्लो अध्यावधिक: चैत ९, २०७९ २१:५२