close

मोबाइलको ब्याट्री जोगाउन एप बन्द गर्नु हुन्छ ? हुनसक्छ उल्टै हानी

टेकपाना टेकपाना

चैत १२, २०७९ १४:१८

मोबाइलको ब्याट्री जोगाउन एप बन्द गर्नु हुन्छ ? हुनसक्छ उल्टै हानी

काठमाडौं । प्रायः प्रयोगकर्ताले मोबाइलको ब्याट्री टिकाउन चलाइरहेको एप बन्द गर्ने गर्छन् । तर एप बन्द गर्नु र फोनको ब्याट्री टिक्नुमा कुनै सम्बन्ध नभएको एप्पल र गुगलले पनि बताइसकेका छन् । 

प्राय: आईओएस र एन्ड्रोइडमा एपहरु ‘नट रनिङ’, ‘एक्टिभ’, ‘इनएक्टिभ’, ‘ब्याकग्राउण्ड’ र ‘सस्पेन्डेन्ड’ (suspendend) गरी पाँच ओटा अवस्थामा हुने गर्छ । 

तपाईंले नचलाउनु भएको एपहरु ‘नट रनिङ’ अवस्थामा र चलाइरहेका  एपहरु ‘एक्टिभ’ अवस्थामा हुन्छन् । एप खोलेर केही चलाउनु भएको छैन भने त्यो ‘इनएक्टिभ’ अवस्था हो । त्यस्तै तपाईंको अगाडि काम नगरिरहेका एपहरु ‘ब्याकग्राउण्ड’ अवस्थामा हुन्छन् । 

ईमेल स्वत: रिफ्रेस गर्नु, गीत बजाएर कुनै एप चलाउनु ‘ब्याकग्राउण्ड’ अवस्थामा रहेका एपहरु हुन् । त्यस्तै ब्याकग्राउण्डमा रहेर कुनै पनि काम नगरिरहेका एपहरु ‘सस्पेन्डेन्ड’ अवस्थामा रहेका हुन्छन् । 

यी दुवै अपरेटिङ सिस्टममा एल्गोरिदमले मोबाइलका एपहरू व्यवस्थापन गर्ने काम गर्छ । एल्गोरिदम आफैंले केही समय देखि निष्क्रिय भएका वा बढी पावर/मेमोरी प्रयोग गरिरहेका एपहरु बन्द गर्ने गर्छ ।

यसकारण ब्याट्री टिकाउने बहानामा एपहरु बन्द गर्नु भनेको फोनमा भएको प्रणाली (system) लाई काम गर्न नदिनु जस्तै हो । त्यसरी एप बन्द गर्दा हरेक पटक फोनको प्राणालीले सबै काम सुरुबाट गर्नुपर्ने हुन्छ । यसले फोनको ब्याट्री टिकाउनुको साटो फोनलाई ढिलो र कम प्रभावकारी (less coherent) बनाउँछ ।

ब्याट्री टिकाउनका लागि एप बन्द गर्नुको साटो ब्राइटनेस कम गर्ने, आईओएसमा लो पावर मोड र एन्ड्रोइडमा डोज (doze) मोड अन गर्ने, अनावश्यक एपहरुमा लोकेसन शेयरिङ अफ गर्ने, फोनलाई एयरप्लेन मोडमा राख्ने जस्ता काम गर्न सकिन्छ । 

पछिल्लो अध्यावधिक: चैत १२, २०७९ १४:२०