close

‘मेरो डिजिटल देश’ अभियानका विजेताले ईसेवाबाट पाउने घर पुगे महानायक राजेश हमाल र दयाहाङ राई

टेकपाना टेकपाना

चैत १२, २०७९ १७:१३

‘मेरो डिजिटल देश’ अभियानका विजेताले ईसेवाबाट पाउने घर पुगे महानायक राजेश हमाल र दयाहाङ राई

काठमाडौं । ईसेवा मनी ट्रान्सफरले सञ्चालन गरिरहेको ‘मेरो डिजिटल देश’ अभियानका विजेता चयन हुने दिन नजिकिँदै गएको छ । घोषणा हुने दिन नजिकिँदै गर्दा महानायक राजेश हमाल र नायक दयाहाङ राई बम्पर उपहारका विजेताले पाउने घरमा पुगेका छन् । 

विश्वका दुई सय भन्दा धेरै मुलुकबाट रेमिटेन्स भित्र्याउँदै आएको ईसेवा मनी ट्रान्सफरले अभियानका विजेतालाई हौसला प्रदान गर्न हाल मात्रै घर सार्वजनिक गरेको छ  । यस अभियानमा ईसेवा मनी ट्रान्सफर मार्फत रेमिटेन्स पठाउने एक जना सेवाग्राहीले काठमाडौंमा घर जित्न सक्नेछन् । 

कम्पनीले हालै मात्र यस अभियानमा विजेता बन्ने सेवाग्राहीलाई प्रदान गर्ने घर सार्वजनिक गरेको थियो । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ४ इमाडोल, बोजेपोखरीमा ३ आना क्षेत्रफलमा बनेको साढे दुई तल्लाको घर कम्पनीले बम्पर उपहार स्वरूप प्रदान गर्नेछ ।

साथै सेवाग्राहीहरूको उत्साह एवं सहभागितालाई मध्यनजर गर्दै कम्पनीले यो योजना दुई महिनाको लागि थप गरी २०८० साल जेठ ६ गतेसम्म सञ्चालन गर्ने निर्णय पनि गरेको छ। यस अवधिमा ईसेवा मनी ट्रान्सफरमार्फत रकम पठाउँदा बम्परमा योजनामा स्वतः सहभागी हुन सकिनेछ । 

उपहारको छनौट प्रक्रिया २०८० साल जेठ १२ गते गरिने कम्पनीले बताएको छ । ईसेवा मनी ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट ईसेवा वालेटका ६० लाख भन्दा बढी प्रयोगकर्ता र कुनै पनि बैंक तथा वित्तीय संस्थाको खातामा विप्रेषण भित्र्याउँदै आएको छ ।

कम्पनीले १२ हजार भन्दा बढी भुक्तानी केन्द्र तथा ईसेवाका एक लाख १२ हजार भन्दा बढी क्याश प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आएको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त यो कम्पनी एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी हो ।

 

पछिल्लो अध्यावधिक: चैत १२, २०७९ १७:१३