close

यस वर्ष पनि ईसेवामा रेमिट्यान्स पठाउने एक जनाले काठमाडौंमा घर पाउने

टेकपाना टेकपाना

भदौ ३१, २०८० २०:३३

यस वर्ष पनि ईसेवामा रेमिट्यान्स पठाउने एक जनाले काठमाडौंमा घर पाउने

काठमाडौं । डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनी ट्रान्सफरले नेपालमा रेमिट्यान्स पठाउने मध्ये एक जनालाई यस वर्ष पनि काठमाडौंमा घर उपहार दिने भएको छ । विश्वका २०० भन्दा बढी देशबाट नेपालमा रेमिट्यान्स पठाउन सकिने ईसेवा मनी ट्रान्सफरले “मेरो डिजिटल देश” अभियानलाई निरन्तरता निरन्तरता दिएको हो ।

यो अभियान १ असोज, २०८० बाट सुरु भएर ३१ असार, २०८१ सम्म जारी रहने कम्पनीले जनाएको छ । परम्परागत शैलीमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई डिजिटलतर्फ लैजाने अभिप्रायका साथ यो अभियान सुरु गरिएको हो।

यस योजना मार्फत डिजिटल रेमिट्यान्सलाई थप बढावा दिन, देशको आर्थिक स्थिति बलियो बनाउन र देशमा विदेशी मुद्राको सञ्चितिलाई थप मजबुत बनाउन १० महिने योजना सार्वजनिक गरिएको उल्लेख छ। 

संसारका जुनसुकै मुलुकमा रहेका नेपालीले नेपालमा इच्छाएको व्यक्तिको ईसेवा वालेटमा पैसा पठाई “मेरो डिजिटल देश” अभियानमा सहभागिता जनाउन सक्नेछन् । यो अभियान अन्तर्गत चार परिवारलाई विशेष कोसेली, हरेक महिना एक जनाको पैसा डबल, तथा बम्पर उपहारमा एक जनालाई काठमाडौंमा घर प्रदान गरिनेछ ।

ईसेवा मनी ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट ईसेवा वालेटका ७५ लाख भन्दा बढी प्रयोगकर्ता र बैंक तथा वित्तीय संस्थाको खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ । ईसेवा मनी ट्रान्सफरले सेवाग्राहीलाई आफ्ना १३ हजार ८०० भन्दा बढी भुक्तानी केन्द्र तथा ईसेवाका एक लाख भन्दा बढी क्याश पोइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ईसेवा मनी ट्रान्सफर देशभरका दुई करोड भन्दा बढी जनसङ्ख्या र १२ लाख भन्दा बढी साना तथा मझौला उद्योगहरूलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरूको माध्यमबाट सशक्त बनाउँदै आएको एफवन सफ्ट ग्रुप अन्तर्गतको भगिनी कम्पनी पनि हो । 

 

पछिल्लो अध्यावधिक: भदौ ३१, २०८० २०:३३