close

कुवेतको अल मुजैनी एक्सचेन्जबाट ईसेवा वालेटमा रेमिट्यान्स पठाउन सकिने

टेकपाना टेकपाना

असार १४, २०८० ११:३५

कुवेतको अल मुजैनी एक्सचेन्जबाट ईसेवा वालेटमा रेमिट्यान्स पठाउन सकिने

काठमाडौं । संसारका २०० भन्दा बढी मुलुकबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको ईसेवा मनी ट्रान्सफर र कुवेतको अल मुजैनी एक्सचेन्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ ।

यो सम्झौतासँगै कुवेतमा बसोबास तथा काम गर्दै आएका नेपालीले महाबुला, फर्वानिया, फहाहिल, साल्मिया लगायतका सहरमा रहेका ११८ ओटा शाखाहरूबाट ईसेवा मनी ट्रान्सफरको डिजिटल माध्यमबाट नेपालमा आफ्ना आफन्तजन तथा इष्टमित्रलाई जुनसुकै बैंक तथा वित्तीय संस्थाको खातामा तथा पाउने व्यक्तिको ईसेवा वालेटमा पैसा पठाउन सक्नेछन् ।

साथै, नेपालभर रहेका ईसेवा मनी ट्रान्सफरका १३ हजार ८०० भन्दा बढी भुक्तानी केन्द्र तथा ईसेवाका एक लाखभन्दा बढी क्याश प्वाइन्ट, बैंक तथा वित्तीय संस्थाहरु साथै ईसेवा वालेटबाट सहजै प्राप्त गर्न सकिनेछ । र, पठाएको नगद सोझै ईसेवा वालेटमा प्राप्त गरी अतिरिक्त रु. ७७ बोनस समेत प्राप्त गर्न सकिने कम्पनीले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: असार १४, २०८० ११:४१