close

मलेसियामा रहेका नेपालीले ईसेवामा वालेटमा रेमिट्यान्स पठाउन सक्ने

टेकपाना टेकपाना

असोज २१, २०८० १६:१०

मलेसियामा रहेका नेपालीले ईसेवामा वालेटमा रेमिट्यान्स पठाउन सक्ने

काठमाडौं । ईसेवा मनि ट्रान्स्फर र मलेसियाको सीबीएल मनि ट्रान्स्फरबीच रेमिट्यान्स भुक्तानी सम्बन्धमा सम्झौता भएको छ । यो सम्झौतासँगै मलेसियामा बसोबास तथा काम गर्दै आएका नेपालीहरूले सीबीएल मनि ट्रान्स्फरका १५ शाखा वा मोबाइल एपबाट नेपालमा रेमिट्यान्स पठाउन सक्नेछन् ।

सीबीएल मनि ट्रान्स्फरबाट पठाएको रेमिट्यान्स ईसेवा मनि ट्रान्स्फरका १३ हजार ८०० भन्दा बढी भुक्तानी केन्द्र, बैंक तथा वित्तीय संस्थाहरू, ईसेवाका एक लाखभन्दा बढी क्यास प्वाइन्ट र ७५ लाखं प्रयोगकर्ताहरूले वालेटबाट सहजै प्राप्त गर्न सक्ने बताइएकाे छ ।

ईसेवा मनि ट्रान्स्फरले परम्परागत शैली तथा डिजिटल दुवै माध्यमबाट नेपालमा विप्रेषण रकम भित्र्याउँदै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २१, २०८० १६:१०