close

साओमी थर्टिन लाइट नेपाली बजारमा, ४० मिनेटमा ब्याट्री फुल चार्ज हुने

टेकपाना टेकपाना

चैत १३, २०७९ १५:१

साओमी थर्टिन लाइट नेपाली बजारमा, ४० मिनेटमा ब्याट्री फुल चार्ज हुने

काठमाडौं । नेपाली बजारमा साओमी थर्टिन लाइट सार्वजनिक भएको छ । साओमी नेपालले हालै थर्टिन सिरिजको नयाँ माेडेल नेपाली बजारमा भित्र्याएको हो ।

८ जीबी र्‍याम भएको यो फोन नेपाली बजारमा दुई स्टोरेज भेरियन्टमा पाउन सकिन्छ: १२८ जीबी र २५६ जीबी । १२८ जीबी स्टोरेज भएको फोनको मूल्य ५४ हजार ९९९ रुपैयाँ र २५६ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य ५७ हजार ९९९ रुपैयाँ तोकिएको  छ । 

लाइट ब्लु र लाइट पिंक कलरमा उपलब्ध फोन नबिल बैंकको क्रेडिट कार्ड भएका प्रयोगकर्ताले शून्य प्रतिशत ब्याजदरको किस्तामा खरिद गर्नसक्ने बताइएकाे छ ।

यो फोनमा १२० हर्ज रिफ्रेसरेट सहितको ६.५५ इन्चको एमोलेड डिस्प्ले छ । फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरासहित ८ मेगापिक्सेलको अल्ट्रा वाइड, २ मेगापिक्सेलको म्याक्रो सेन्सर र ३२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ ।

साथै फोनमा ८ मेगापिक्सेलको सेकेन्डरी फ्रन्ट क्यामेरा र डुअल फ्रन्ट एलईडी लेन्स पनि छ । फोनमा स्न्यापड्रागन ७ जेन १ चिपसेट प्रयोग गरिएको छ । फोनमा ६७ वाटको टर्बो चार्जरसहित ४५०० एमएएचको ब्याट्री दिइएको छ ।

पछिल्लो अध्यावधिक: चैत १३, २०७९ १५:२८