close

सरकारी वेबसाइटका पुराना लिंक र सामग्री हटाउन प्रधानमन्त्री कार्यालयको निर्देशन

टेकपाना टेकपाना

चैत १३, २०७९ २०:२६

सरकारी वेबसाइटका पुराना लिंक र सामग्री हटाउन प्रधानमन्त्री कार्यालयको निर्देशन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सरकारी वेबसाइटबाट पुराना सामग्री र लिंक हटाउन सम्बन्धित निकायलाई निर्देशन दिएकाे छ ।

पुराना वेबसाइटका सामग्री नयाँ वेबसाइटमा स्थानान्तरण नगरी वेबपेजमा राख्दा सर्भरमा भार पुग्ने, व्याण्डविथ खपत भइरहने र साइबर सुरक्षामा जोखिम पुग्ने भन्दै प्रधानमन्त्री कार्यालयले पुराना लिंक र फाइल हटाउन निर्देशन दिएको हो ।

नयाँ वेबपेज बनाउँदा पुराना वेबसाइटका फाइल, डेटावेसलगायतका सामग्री स्वतः स्थानान्तरण गर्नुपर्नेमा कतिपय सरकारी निकायले त्यसो नगरेको पाइएकाले यस्तो निर्देशन दिइएको प्रधानमन्त्रीका आईटी सल्लाहकार प्रकाश रायमाझीले जानकारी दिए । 

पछिल्लो अध्यावधिक: चैत १४, २०७९ १३:३७