close

लगातार घाटा व्यहोरेपछि युरोप छोड्दै ओप्पो र वनप्लस

टेकपाना टेकपाना

चैत १३, २०७९ १९:५४

लगातार घाटा व्यहोरेपछि युरोप छोड्दै ओप्पो र वनप्लस

काठमाडौं । चिनियाँ कम्पनी ओप्पो र यसका सहायक ब्राण्डहरू युरोपेली बजारबाट बाहिरिने भएका छन् । लगातार घाटा व्यहोरेपछि युरोप छोड्ने निष्कर्षमा ओप्पो पुगेको हो ।

विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार अनुसार पहिलो चरणमा बेलायत, फ्रान्स, जर्मनी, नेदरल्याण्डलगायतका देशबाट कम्पनी फिर्ता हुनेछ । स्मार्टफोन बिक्रीमा उच्च लागत लाग्ने, तर मुनाफा कम हुँदा कम्पनीले यस्तो निर्णय लिएको विश्लेषण गरिएको छ ।

ओप्पो र यसको सहायक ब्राण्ड वनप्लसले युरोप छाड्ने तरखर गरिरहँदा अर्को सहायक ब्राण्ड रियलमीले पनि बजार छोड्ने अनुमान गरिएको छ । पछिल्लो समय रुस-युक्रेनको युद्ध र आर्थिक मन्दीको प्रभावका कारण मानिसको खर्च गर्ने क्षमता घट्नु पनि ओप्पोले युरोप छाड्नुको एक कारण मानिएको छ ।

काउन्टरपोइन्ट रिसर्चले सन् २०२२ लाई स्मार्टफोन ढुवानीका लागि युरोपको सबैभन्दा खराब वर्ष भएको उल्लेख गरेको छ ।

पछिल्लो अध्यावधिक: चैत १३, २०७९ १९:५४