close

ग्राफिक्स डिजाइनिङ नजान्नेका लागि क्यान्भाको नयाँ एआई टुल

टेकपाना टेकपाना

चैत १४, २०७९ १०:११

ग्राफिक्स डिजाइनिङ नजान्नेका लागि क्यान्भाको नयाँ एआई टुल

काठमाडौं । फोटो एडिटिङ प्लेटफर्म क्यानभाले ‘ब्रान्ड हब’ र एआईमा आधारित नयाँ डिजाइन टुलहरु थप गरेको छ । यी नयाँ फिचरले ग्राफिक्स डिजाइनिङमा पोख्त नभएकाहरुका लागि काम गर्न सहज बनाउने कम्पनीको विश्वास छ ।  

क्यानभाले यी नयाँ फिचरहरू आफ्नो भिजुअल वर्कसुट (Visual Worksuite) मा थप गरेको हो । कम्पनीले ब्रान्ड हब अन्तर्गत रहने ‘ब्रान्ड किट’, ‘ब्रान्ड फोल्डर’, र ‘ब्रान्ड टेम्प्लेट’ मार्फत डिजाइनरहरूका लागि धेरै नयाँ टुलहरू थप गरेको छ । 

यस ब्राण्ड हबबाट डिजाइनरहरुले लोगो, अक्षर, रङ, डिजाइन गाइडलाइन जस्ता कम्पनीलाई चाहिने कामहरु एकै ठाउँबाट गर्न सक्नेछन् । ब्रान्ड हब भित्र समूहमा काम गर्दा एड्मिनिस्ट्रेसनले डिजाइनलाई सार्वजनिक गर्ने/नगर्ने निर्क्यौल गर्न सक्ने, कुनै पनि अक्षर वा रङमा प्रतिबन्ध लगाउने जस्ता काम गर्न सक्छन् ।

त्यस्तै क्यानभाले एआईमा आधारित डिजाइन टुलमा ‘म्याजिक रिप्लेस’, ‘म्याजिक इरेजर’, ‘म्याजिक एडिट’, ‘म्याजिक डिजाइन’ र ‘कपि राइटिङ असिस्टेन्ट’ आफ्नो प्लेटफर्ममा थप गरेको छ । 

साथै क्यानभाले ट्रान्सलेसन फिचर पनि आफ्नो प्लेटफर्ममा थप गरेको छ । यसको प्रयोग गरेर सयभन्दा बढी भाषामा लेखिएको कुनै पनि टेक्स्टबाट डिजाइन बनाउन सकिन्छ । त्यस्तै यस फिचरले म्यानुअल एडिट नगरी सङ्गित अनुसार भिडिओ फुटेज स्वत: मिलाउन सकिने क्यानभाले जनाएको छ ।

हाल क्यानभाको मासिक ११ करोड प्रयोगकर्ता रहेका छन् । यी फिचर थपेपछि थप प्रयोगकर्ताहरु बढ्ने क्यानभाले विश्वास गरेको छ ।

पछिल्लो अध्यावधिक: चैत १४, २०७९ १०:११