close

नेपाल दूरसञ्चार प्राधिकरणको बोर्ड सदस्यमा नियुक्त भए कृष्ण पोखरेल

टेकपाना टेकपाना

चैत १४, २०७९ १७:५०

नेपाल दूरसञ्चार प्राधिकरणको बोर्ड सदस्यमा नियुक्त भए कृष्ण पोखरेल

काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणको बोर्ड सदस्यमा कृष्णप्रसाद पोखरेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले पोखरेललाई पाँच वर्षे कार्यकालका लागि प्राधिकरणको कानून सदस्यमा नियुक्त गरेको हो ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले टेकपानासँगको संक्षिप्त कुराकानीमा पोखरेल नियुक्त भएको जानकारी दिएकी छन् ।

यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले खुला प्रतिस्पर्धाको आधारमा तीन जनाको नाम मन्त्रिपरिषद्‌मा सिफारिसक गरेको थियो, जसमा पोखरेलसँगै प्रविन सुवेदी र सुवाश लामिछाने रहेका थिए ।

पछिल्लो अध्यावधिक: चैत १५, २०७९ १२:५१