close

बन्द भयो लेनोभोको गेमिङ फोन उत्पादन

टेकपाना टेकपाना

चैत १५, २०७९ १०:२

बन्द भयो लेनोभोको गेमिङ फोन उत्पादन

काठमाडौं । लेनोभोले आफ्नो गेमिङ फोन 'लिजन' को उत्पादन तथा बिक्री बन्द गरेको छ । लामो समयदेखि कम्पनीले यस फोनको उत्पादन बन्द गर्ने चर्चा चल्दै आएको थियो ।

अन्तत: फोन उत्पादन बन्द हुने विषयमा कम्पनीले आधिकारिक धारणा दिएको छ । एन्ड्रोइड अथोरिटिसँग कुरा गर्दै कम्पनीका प्रवक्ताले लेनोभोको गेमिङ फोन लिजनको उत्पादन तथा बिक्री बन्द गर्ने निर्णय भएको बताएका हुन् ।

गेमिङका अन्य डिभाइसहरूमा भने कम्पनीले काम गरिरहने उनले बताएका छन् । तर लिजनको उत्पादन भने अब बन्द हुनेछ । 

गेमिङ फोनको बजारमा लिजनको उत्पादन बन्द हुनु, साओमीको गेमिङ फोन ब्ल्याक शार्क सिरिजका फोन बिक्री नहुनु र कम्पनीहरूले कर्मचारी कटौती गर्नु आफैमा अधोगतिको संकेत हो । 

यद्यपि एसुस लगायतका केही कम्पनीहरूले भने गेमिङ फोनको बजारमा नयाँ फिचर सहितको फोन सार्वजनिक गर्ने क्रम जारी नै छ । यसले गेमिङ फोनको बजारको भविष्य भने निर्धारण गर्न सक्दैन । गेमिङ फोन जत्तिकै अन्य सामान्य फोनहरू पनि शक्तिशाली भएर निस्कदा हाल गेमिङ फोनको औचित्य छ वा छैन भने विवाद कायमै छ । 

पछिल्लो अध्यावधिक: चैत १५, २०७९ ११:१३