close

च्याटजीपीटीले के तपाईँको जागिर खोस्दैछ ?

टेकपाना टेकपाना

चैत १५, २०७९ १४:४४

च्याटजीपीटीले के तपाईँको जागिर खोस्दैछ ?

काठमाडौं । बजारमा अहिले च्याटजीपीटीकाे चर्चा छ । केहीले च्याटजीपीटी प्रयाेग गरेर कविता लेख्न थाले । केहीले संगीत कम्पोज तयार पार्न थाले । त्यस्तै केहीले निबन्ध लेख्न थाले । कतिले विद्यालय, क्याम्पसको गृहकार्य यसैबाट गर्न थाले ।

यसै सन्दर्भमा च्याटजीपीटीले अहिले भएका केही जागिर/कामलाई प्रतिस्थापन गर्नसक्ने अभिव्यक्तिसमेत आउन थालेका छन् । त्यस्तै जीपीटी फोर सार्वजनिक भएपछि यसले कामहरू प्रतिस्थापन गर्नेबारे झनै चर्चा  चुलिएको छ ।

हालै च्याटजीपीटी निर्माता ओपनएआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यानले समेत यस भाइरल च्याटबटले धेरै काम प्रतिस्थापन गर्नसक्ने अभिव्यक्ति दिएका छन् ।

हालै उनले एक अन्तर्वार्तामा कस्टमर सर्भिसको काम चाँडै नै च्याटजीपीटीले बन्द गर्नसक्ने भनाइ राखे ।

“मैले धेरै कामहरू प्रतिस्थापन हुनसक्ने देखेको छु,” उनले भने, “त्यसमध्ये कस्टमर सर्भिस एक हो, जुन चाँडै अन्त्य हुन सक्छ ।”

उनले केही समयअगाडि एबीसी न्युजमा समेत मानवले गर्ने धेरै कामहरू एआईले प्रतिस्थापन गर्नसक्ने धारणा राखेका थिए । साथै संसार कति चाँडै परिवर्तन हुँदैछ भनेर उनले चिन्ता व्यक्त पनि गरेका थिए । यद्यपि उनले मानवको सिर्जना क्षमता अपार हुने भएकाले जीवीकोपार्जनका अन्य तरिकाहरू विकास हुने विश्वास दिलाए ।

पछिल्लो अध्यावधिक: चैत १५, २०७९ १४:४४