close

बुद्ध एयरको नामबाट सामाजिक सञ्जालमा नक्कली प्रचार, विश्वास नगर्न आग्रह

टेकपाना टेकपाना

चैत १७, २०७९ १०:४५

बुद्ध एयरको नामबाट सामाजिक सञ्जालमा नक्कली प्रचार, विश्वास नगर्न आग्रह

काठमाडौं । केही दिनयता बुध्द एयरको लोगो प्रयोग गरि समाजिक सञ्जालमा 'फ्लाईट सेलिब्रेशन गिफ्ट' अफर भन्ने प्रचारप्रसार भइरहेको छ । यो अफर नक्कली भएको र कम्पनीले यस्तो कुनै पनि अभियान नचालएको भन्दै बुद्ध एयरले प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ । 

साथै फेक न्यूज अफरसँग बुध्द एयरको कुनै पनि संलग्नता नरहेको कम्पनीले प्रष्ट पारेको छ । "यस्तो गलत सूचना प्रवाह गरेकोमा बुध्द एयर कानुनी उपचारको लागि प्रक्रिया अपनाएको छ," विज्ञप्तीमा उल्लेख छ । 
बुद्ध एयरका नाममा गरिएको फेक पोष्ट हाल ह्वाट्सएप, भाइबर, म्यासेन्जर तथा फेसबुकमा शेयर भइरहेको छ । 

एयरलाइन्सले सामाजिक सञ्जालमा फैलिरहेको उक्त पोष्टको फोटो शेयर गर्दै कम्पनीको तर्फबाट यस्ता कुनै पनि अफर नरहेको र यस्ता पोस्टमा विश्वास नगर्न कम्पनीले सर्वसाधारणलाई अनुरोध गरेको छ । 

पछिल्लो समय आफ्नो सामाजिक सञ्जालमा फ्लोअर र लाइक बढाउने उद्देश्यले नाम चलेका वा धेरै सर्च हुन सक्ने कम्पनीहरूको आधिकारिक लोगो तथा नामको गलत प्रयोग अत्यधिक हुने गरेको छ । यसमा सरोकारवाला निकाय नेपाल प्रहरी, प्रेस काउन्सिल तत्कालै कडा कदम चाल्न आवश्यक देखिएको कम्पनीले आफ्नो विज्ञप्तीमा उल्लेख गरेको छ । 

पछिल्लो अध्यावधिक: चैत १७, २०७९ १०:४५