close

चर्चित मोबाइल गेम ‘एंग्री बर्ड्स’ को निर्माता कम्पनी खरिद गर्दै सेगा

टेकपाना टेकपाना

बैशाख ३, २०८० ११:८

चर्चित मोबाइल गेम ‘एंग्री बर्ड्स’ को निर्माता कम्पनी खरिद गर्दै सेगा

काठमाडौं । जापानको भिडियो गेम निर्माता कम्पनी सेगा स्यामी होल्डिङ्सले चर्चित मोबाइल गेम ‘एंग्री बर्ड्स’ को निर्माता कम्पनी रोभियो इन्टरटेनमेन्ट खरिद गर्ने भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार एक बिलियन अमेरिकी डलर अर्थात १ खर्ब ३० अर्ब ९५ करोड रुपैयाँ भन्दा बढी रकममा कम्पनी खरिद बिक्रीका लागि सहमति जुटेको छ ।

सहमति जुटेको भएपनि खरिद बिक्रीको प्रक्रिया भने अर्को सातामात्रै अघि बढ्ने उल्लेख गरिएको छ । विश्व मोबाइल गेमिङ उद्योगमा यी दुबै कम्पनीले निकै सफलता हात पार्दै आएका छन् । सन् २००९ मा स्थापना भएको एंग्री बर्ड्स निर्माता कम्पनी रिभोयो सन् २०१७ मा पब्लिक कम्पनीको रुपमा सूचिकृत भएको हो ।

सन् २००९ मा सार्वजनिक भएको एंग्री बर्ड्सले कम्पनीलाई निकै ठुलो सफलता दिएको थियो । त्यसको १० वर्ष पश्चात अर्थात सन् २०१९ मा कम्पनीले एंग्री बर्ड्सको एगुमेन्टेड रियालिटी भर्सन सार्वजनिक गरेको थियो ।

अर्कोतर्फ सेगा स्यामी होल्डिङ सन् २००४ मा सेगा र स्यामी दुई कम्पनीको मर्जबाट निर्मित भिडियो गेम तथा फिल्म निर्माता कम्पनी हो । ‘सोनिक दि हेजहग’ ले कम्पनीलाई विश्व गेमिङ उद्योगमा स्थापित गरिदिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ३, २०८० ११:८