close

अनुसन्धान र नवप्रवर्तन क्षेत्रका माग पूरा गराउन भोलिदेखि आन्दोलन गर्दै महावीर पुन

टेकपाना टेकपाना

बैशाख १४, २०८० १९:१७

अनुसन्धान र नवप्रवर्तन क्षेत्रका माग पूरा गराउन भोलिदेखि आन्दोलन गर्दै महावीर पुन

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले भोलि शुक्रबारदेखि अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक जनआन्दोलन गर्ने भएका छन् ।

राजधानीको माइतीघरमा भेला भएर बानेश्वरसम्म जुलुस निकाल्ने र त्यसपछि धर्ना सुरू गरेर आन्दोलन गरिने पुनले बताएका छन् । विगत ७२ वर्षमा २२ जना देशको प्रधानमन्त्री भएपनि अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्न प्रोत्साहन गर्ने काम नगरेकाले यो आन्दोलन गर्नुपरेको उनकाे भनाइ छ ।

त्यस्तै प्रतिभाशाली नेपालीलाई उद्यमी बनाउने, देशको अर्थतन्त्र सुधार्ने र रोजगारी सिर्जना गर्ने काम नगरेका कारण दबाब दिन यस्ताे आन्दोलन गर्न लागिएकाे उनले उल्लेख गरेका छन् ।

नेपालमा बनेको विद्युतीय मोटरसाइकल यात्रीलाई सरकारबाट अनुमति नदिएको कुरा सञ्चारमाध्यममा सतहमा आएपछि उनले आन्दोलनकाे तयारी गरेका थिए । त्यसपछि अनुसन्धान, नवप्रवर्तन र आविष्कारसम्बन्धी विभिन्न माग राख्दै उनले मंगलबार सरकारलाई चार बुँदे माग पत्र बुझाएका थिए ।

ती माग पूरा गर्न सरकारलाई घुँडा टेकाउने गरी आन्दोलन गर्ने उनले उल्लेख गरेका छन् । त्यस्तै उनले आन्दोलनमा सम्पूर्ण नेपालीलाई सहभागी हुनसमेत आह्वान गरेका छन् ।

पछिल्लो अध्यावधिक: बैशाख १४, २०८० १९:१७