close

अब ट्वीटर अकाउन्ट प्रयोग गरेर पब्जीमा लगइन गर्न नसकिने

टेकपाना टेकपाना

बैशाख १६, २०८० १८:३८

अब ट्वीटर अकाउन्ट प्रयोग गरेर पब्जीमा लगइन गर्न नसकिने

काठमाडौं । प्लेयर अननोन्स ब्याटलग्राउन्ड (पब्जी) माेबाइल गेम अब ट्वीटर अकाउन्टमा लगइन गर्न नसकिने भएको छ । एक सूचना जारी गर्दै पब्जीले आजदेखि ट्वीटर अकाउन्ट प्रयोग गरेर पब्जीमा लगइन गर्न नसक्ने हुँदा विकल्प प्रयोग गर्न आग्रह गरेको हो ।

ट्वीटर अकाउन्ट प्रयोग गरिरहेका प्रयोगकर्ताले आफ्नो लगइन अकाउन्ट परिवर्तन गर्न सक्नेछन् । ट्वीटरबाहेक प्रयोगकर्ताले ईमेल अथवा अन्य सामाजिक सञ्जालका अकाउन्ट प्रयोग गर्न सक्नेछन् । यसले प्रयोगकर्ताको गेम डेटा अथवा अन्य प्रक्रियामा कुनै असर नगर्ने कम्पनीले बताएको छ । 

यसरी परिवर्तन गर्नुहोस् आफ्नो अकाउन्ट:

- पब्जी मोबाइल एप खोल्नुहोस् ।

- लबी (lobbey) पेजको दायाँतिर तलपट्टि भएको सेटिङ अप्सनमा ट्याप गर्नुहोस् ।

- अकाउन्ट पेजमा क्लिक गरेर प्लस (+) बटनमा ट्याप गर्नुहोस् ।

- आफ्नो व्यक्तिगत ईमेल वा तपाईँले राख्न चाहेको अन्य कुरा सामाजिक सञ्जालको अकाउन्ट टाइप गरेर सेभ गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: बैशाख १६, २०८० १८:३८