काठमाडौं । जनकपुर बोल्ट्सका खेलाडी ललित राजवंशी नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । लिगमा कूल १७ विकेट लिएका राजवंशी उत्कृष्ट बलर घोषित भएसँगै अल्ट्राभाइलेट कम्पनीको एफ ७७ मोडेलको विद्युतीय बाइक पाएका छन् ।
कस्तो छ अल्ट्राभाइलेट एफ ७७ ?
अल्ट्राभाइलेट एफ ७७ विद्युतीय बाइक जेट-इन्स्पायर्ड डिजाइनमा उपलब्ध छ । यस बाइकमा १०.३ किलोवाट आवर क्षमताको ब्याट्री राखिएको छ । यसको ब्याट्रीमा सेल लेभल फ्युल प्रविधि प्रयोग गरिएको छ । १०० न्युटन मिटर टर्क रहेको यस बाइकले एक पटकको चार्जमा ३२३ किलोरिमटर रेन्ज दिने कम्पनीको दाबी छ । यसलाई उच्चतम् १५५ किलोमिटर प्रति घण्टाको स्पिडमा कुदाउन सकिन्छ ।
कम्पनीले यो बाइक एआईद्वारा सञ्चालित भएको जनाएको छ । यसको सहायताले बाइक सुरक्षित र फास्ट हुने जनाइएको छ ।
यसलाई स्ट्यान्डर्ड १.३ किलोवाट क्षमताको चार्जर र बुस्ट ३.० किलोवाट क्षमताको चार्जरले चार्ज गर्न सकिन्छ । स्ट्यान्डर्ड चार्जरबाट शून्य प्रतिशतदेखि ८० प्रतिशत चार्ज गर्न पाँच घण्टा लाग्छ । जब कि बुस्ट चार्जरबाट चार्ज गर्दा साढे दुई घण्टामै त्यति चार्ज गर्न सकिन्छ । यदि छ किलोवाट वा १२ किलोवाट क्षमताको चार्जर प्रयोग गर्ने हो भने यसलाई एक घण्टाभन्दा पनि कम समयमै शून्यदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । यसको चार्जर जहाँसुकै लगाउन सकिन्छ भने बाइकमै बोकेर पनि लैजान सकिन्छ ।
मोबाइलबाटै विभिन्न फिचर कन्ट्रोल गर्न सकिने गरी मोबाइल एप पनि उपलब्ध गराइएको छ । त्यस्तै हिल होल्ड र पार्क असिस्टको फिचर पनि यसमा दिइएको छ ।
यसमा अल्ट्रा भी डीआरएल सहितको एलईडी हेडलाइट छ । डिस्प्लेको सन्दर्भमा यसमा ५ इन्चको टीएफटी डिस्प्ले दिइएको छ । त्यस्तै ब्लुटुथ र एलटीई कनेक्टिभिटीको सुविधा पनि यसमा समावेश छ । त्यस्तै यसमा नेभिगेसन, राइड एनालिटिक्स र राइड टेलिमेट्रीजस्ता सुविधा उपलब्ध छन् ।
यो बाइकमा ३० किलोवाटको पर्मानेन्ट म्याग्नेट एसी मोटर जडान गरिएको छ । सवारी अनुभवलाई सहज र रोमाञ्चक बनाउन ३ राइडिङ मोड (इको, स्पोर्ट र ट्र्याक) समावेश गरिएको छ । १०-लेभल रिजनरेसन मोडले ब्याट्रीको आयु लम्ब्याउन मद्दत पुर्याउँछ ।
सुरक्षाका लागि डुअल डिस्क ब्रेक, डुअल-च्यानल एबीएस र फोर-लेभल ट्र्याक्सन कन्ट्रोल जस्ता फिचरहरू समावेश गरिएको छ । एन्टी-कलिजन वार्निङ र साइडस्ट्यान्ड सेन्सरले सवारीलाई थप सुरक्षित बनाउने कम्पनीले उल्लेख गरेको छ ।
थप सुविधा र सजिलोका लागि पार्क असिस्ट, रिभर्स मोड र टायर प्रेसर मोनिटरिङ सिस्टम जस्ता फिचर पनि उपलब्ध छन् । क्र्यास सेन्सर र अलर्ट फिचरले आकस्मिक परिस्थितिमा यात्रुलाई सचेत पार्न मद्दत गर्ने कम्पनीले उल्लेख गरेको छ ।
यस बाइकको मूल्य नेपाली बजारमा ९ नाख ९९ हजार ९९९ रुपैयाँदेखि सुरु छ ।