close

टेलिकमको आईसीटी डे अफर: ३९९ मा ३० जीबी डेटा

टेकपाना टेकपाना

बैशाख १७, २०८० १३:२४

टेलिकमको आईसीटी डे अफर: ३९९ मा ३० जीबी डेटा

काठमाडौं । नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ को अवसरमा आफ्ना ग्राहकका लागि आईसीटी डे अफर ल्याएको छ ।  

यो अफर आज (२०८० वैशाख १७) देखि सुरु भएर वैशाख १९ गते सम्म लागु हुनेछ । यस अन्तर्गत ४९ रुपैयाँमा एक दिन चलाउन सकिने एक एमबीपीएस अनलिमिटेड डेटा र नेपाल टेलिकमकै नेटवर्क 
भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध हुनेछ ।

यसैगरी डेटा प्याकेज अन्तर्गत ९८ रुपैयाँमा ३ दिन चलाउन सकिने ६ जीबी डेटा, १९९ रुपैयाँमा ७ दिन चलाउन सकिने १३ जीबी डेटा, २९४ रुपैयाँमा १० दिन चलाउन सकिने २० जीबी डेटा र ३९९ रुपैयाँमा १५ दिन चलाउन सकिने ३० जीबी डेटा प्याकेज उपलब्ध छ ।  

यो अफर *1415*11# टाइप गरेर प्रयोग गर्न सकिन्छ ।

‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नारा सहित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ आगामी बैशाख १९ गते मनाइदै छ ।  
 

पछिल्लो अध्यावधिक: बैशाख १७, २०८० १३:३२