close

क-कसले पाए यसपालीको राष्ट्रिय आईसीटी अवार्ड ?

टेकपाना टेकपाना

बैशाख १९, २०८० १४:४१

क-कसले पाए यसपालीको राष्ट्रिय आईसीटी अवार्ड ?

काठमाडौं । नेपालमा राष्ट्रिय सूचना तथा सञ्‍चार प्रविधि दिवस २०२३ मनाइएको छ । यस अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पाँच विधामा आईसीटी अवार्ड वितरण गरेको छ ।

राजधानीमा मंगलबार एक कार्यक्रम आयोजना गर्दै मन्त्रालयले ६ व्यक्ति तथा संस्थालाई एक/एक लाख नगद र प्रमाणपत्रसहित सम्मान गरेको हो । यस वर्ष सरकारी सेवालाई डिजिटलाइज गर्न महत्त्वपूर्ण योगदान दिएकाे भन्दै पुरुषतर्फ नेपाल सरकारका पूर्व सहसचिव विरेन्द्रकुमार मिश्र र महिलातर्फ  प्राध्यापक तिमिला यमी थापालाई नेसनल आइसिटी एक्सिलेन्स अवार्ड वितरण गरिएको छ ।

त्यसैगरी नेपालको सूचना प्रविधिमा निजी क्षेत्रबाट उल्लेखनीय योगदान दिएकाे भन्दै इन्फोडेभलपर्स प्रालि र गभर्नेन्स अटोमेसन सोलुसन प्रालिलाई आईसीटी अवार्ड दिइयाे ।

त्यस्तै नागरिकलाई प्रविधिमैत्री सेवा दिएकाे मूल्याङ्कन गर्दै पब्लिक सेक्टरतर्फ सर्वोच्च अदालतलाई सम्मानित गरियाे ।

साथै नेसनल आईसीटी इन्नोभेसन अवार्ड प्रिक्सा टेक्नोलोजीले हात पारेकाे छ । 

नेपालमा वि.सं. २०७४ जेठ १९ गतेको मन्त्रिपरिषद्‍को निर्णयअनुसार राष्ट्रिय सूचना तथा सञ्‍चार प्रविधि दिवस प्रत्येक वर्षको मे २ मा मनाउन थालिएको हो । यसै दिन यस क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई प्रोत्साहन गर्न सरकारले नेसनल आईसीटी अवार्ड वितरण गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १९, २०८० १६:४२