काठमाडौँ । सन् २०२३ मा २४० वाट चार्जिङ प्रणाली सार्वजनिक गरेको रियलमीले अब आफ्नै रेकर्ड तोड्ने तयारी गरेको छ । कम्पनीले रियलमी जीटी सेभेनको विश्वव्यापी लन्चको पूर्वसन्ध्यामा १०,००० एमएएच ब्याट्री र ३२० वाट चार्जिङ भएको प्रोटोटाइप फोन सार्वजनिक गरेको छ ।
यो फोन ८.५ मिलिमिटर पातलो र २१५ ग्राम तौलको छ । रियलमीले १० प्रतिशत सिलिकन एनोड भएको ब्याट्री प्रयोग गरेको छ, जसले ८८७ वाट आवर प्रति लिटर ऊर्जा घनत्व प्रदान गर्ने बताइएको छ ।
ब्याट्रीको लागि अधिकतम आन्तरिक ठाउँ उपलब्ध गराउन कम्पनीले फोनको मदरबोर्डलाई २३.४ मिलिमिटर मात्र अग्लो बनाएको छ । यो अहिलेसम्मको सबैभन्दा सानो एन्ड्रोइड मदरबोर्ड भएको कम्पनीको दाबी छ ।
रियलमी ग्लोबल मार्केटिङका अध्यक्ष चेस एक्सुले दुई मिनेटको अनबक्सिङ भिडिओ सार्वजनिक गर्दै प्रोटोटाइप डिभाइस र यो कसरी तयार पारियो भनेर जानकारी दिएका छन् ।
यद्यपि सार्वजनिक गरिएको फोन परीक्षण नमुना (प्रोटोटाइप) मात्रै हो । रियलमी जीटी सेभेनमा यति ठुलो ब्याट्री र चार्जिङ सुविधा हुने छैन । तर कम्पनीले २४० वाट चार्जिङ प्रणाली सार्वजनिक गरेपछि छोटो समयमै बजारमा ल्याएको अनुभवले गर्दा यो प्रविधि पनि छिट्टै उपभोक्तामाझ पुग्ने अनुमान गर्न सकिन्छ ।
The unboxing video of the realme GT 10,000 mAh concept phone is here! Get ready for unparalleled power and performance! pic.twitter.com/22WWiIjbA8