close

एड ब्लकरमाथि प्रतिबन्ध लगाउँदै युट्युब

टेकपाना टेकपाना

बैशाख ३०, २०८० ६:४८

एड ब्लकरमाथि प्रतिबन्ध लगाउँदै युट्युब

काठमाडौं । युट्युबले अब भिडिओमा आउने विज्ञापनहरू ब्लक गर्न नमिल्ने बनाउने भएको छ । युट्युबमा आउने विज्ञापन बाइपास गर्न विभिन्न एक्सटेन्सन टुलहरू प्रयोग गर्ने गरिन्छ । यस्ता टुललाई कम्पनीले बन्द गर्ने तयारी गरेको हाे ।

रेडइटमा सार्वजनिक एक भिडिओमा युट्युब एड ब्लकरमा एउटा पपअप आएको देखिन्छ । उक्त पपअपमा 'एड ब्लकर्स आर नट अलाउड अन युट्युब' भनेर लेखिएको देख्न सकिन्छ ।

साथै उक्त पपअपमा 'अलाउ युट्युब एड्स' भन्ने बटन राखिएको छ । यसको अर्थ हो, अब युट्युब ब्लकर प्रयोग गरिएको खण्डमा भिडिओमा यो पपअप देखापर्नेछ । यो फिचर नि:शुल्क अर्थात् सामान्य प्रयोगकर्ताको हकमा लागू हुनेछ । 

सब्सक्राइबरका लागि भने युट्युब भिडिओमा विज्ञापन नआउने फिचर पहिलेदेखि नै उपलब्ध छ ।

यो फिचर लागू गर्दा धेरै प्रयोगकर्ताले प्रिमियम सब्सक्रिप्सन खरिद गर्ने अनुमान गरिएको छ । यद्यपि प्रिमियम सब्सक्राइबर बढाउनेभन्दा पनि कम्पनीले एड ब्लकर टुल बन्द गर्न यो फिचर ल्याउन लागेको बताइएको छ । 

YouTube ad blocker warning

पछिल्लो अध्यावधिक: बैशाख ३०, २०८० ६:४८