close

काठमाडौं महानगरमा आजदेखि नक्सापासको काम पूर्ण रूपमा अनलाइनबाट

टेकपाना टेकपाना

जेठ १, २०८० १९:१२

काठमाडौं महानगरमा आजदेखि नक्सापासको काम पूर्ण रूपमा अनलाइनबाट

काठमाडौं । काठमाडौं महानगरपालिकाले भवनको नक्सापास गर्ने कार्यलाई पूर्ण रूपमा अनलाइन बनाएको छ । यसका लागि महानगरले इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (ईबीपीएस) कार्यान्वयनमा ल्याएकाे छ ।

योसँगै अब नक्सा पासका लागि दर्खास्त फारम भर्नुपर्ने, कार्यालय जानुपर्ने, हार्ड कपी बुझाउनुपर्ने जस्ता परम्परागत शैलीकाे अन्त्य भएको छ ।

महानगरले २०७० भदौ १६ देखि आंशिक रूपमा यो प्रणाली प्रयोगमा ल्याएको थियो । त्यसबेला ईबीपीएस प्रणाली पूर्ण विकास नभएकाले नक्सापासका लागि फाइलमा भएका कागज र यो प्रणाली हेरेर प्रक्रिया अगाडि बढाइन्थ्यो ।

अहिले भने यस प्रणालीमा विद्युतीय हस्ताक्षर, अनलाइन राजस्व दाखिला, गुनासो तथा मर्कासम्बन्धी उजुरीजस्ता फिचर थपेसँगै नक्सा पास गर्दा, नामसारी गर्दा तथा निर्माण सम्पन्न प्रमाण पत्रको काम कागजरहित भएको हो ।

अनलाइनबाट कसरी नक्सा पास गर्ने भनेर जान्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: जेठ १, २०८० १९:१२