close

ठाउँठाउँमा ईभी चार्जिङ स्टेसन बनाउन सांसद सोभिता गौतमको माग

टेकपाना टेकपाना

जेठ ७, २०८० १४:५५

ठाउँठाउँमा ईभी चार्जिङ स्टेसन बनाउन सांसद सोभिता गौतमको माग

काठमाडौं । प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सोभिता गौतमले सरकारलाई नीति तथा कार्यक्रममा विभिन्न स्थानमा चार्जिङ स्टेसन राख्ने निर्णय थप गर्न सुझाव दिएकी छिन् ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै गौतमले नीति तथा कार्यक्रमको बुँदा ८० मा यस्तो निर्णय थप गर्न सुझाव दिएकी हुन् । 

"नीति तथा कार्यक्रमको बुँदा ८० मा म थप्न चाहन्छु," उनले भनिन्, "विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्न होटेल पार्किङ स्थल साथै राजमार्गहरूका ठाउँठाउँमा चार्जिङ स्टेसन निर्माण गर्नुपर्यो भन्ने नीति तथा कार्यक्रममा आओस् भन्न चाहन्छु ।"

 

पछिल्लो अध्यावधिक: जेठ ७, २०८० १४:५५