close

आईफोन १५ सार्वजनिक नहुँदै बाहिरियो आईफोन १६ अल्ट्राको जानकारी

टेकपाना टेकपाना

जेठ ९, २०८० १३:१९

आईफोन १५ सार्वजनिक नहुँदै बाहिरियो आईफोन १६ अल्ट्राको जानकारी

काठमाडौं । एप्पल अहिले आईफोन १५ सिरिजका स्मार्टफोनहरू सार्वजनिक गर्ने तयारीमा छ । बजारमा आईफोन १५ को चर्चा चलिरहँदा आगामी वर्ष सार्वजनिक हुने आईफोन १६ सिरिजको जानकारी बाहिरिएको छ । 

एप्पलका उत्पादनहरूको भित्री जानकारी बाहिर ल्याउने साइछ नाइन टु फाइभ म्याकले आईफोन १६ को स्क्रिनको जानकारी बाहिर ल्याएको छ ।  

उक्त जानकारी अनुसार आईफोन १६ सिरिज अन्तर्गतको आईफोन १६ प्रो र १६ प्रो म्याक्स (अल्ट्रा) मोडेलमा स्क्रिनको साइज ठूलो हुनेछ ।

यसो त आईफोन १५ प्रोको स्क्रिनको विषयमा पनि विभिन्न जानकारीहरू बाहिरिएका छन् । विशेषगरी उक्त मोडेलमा राउन्ड एज (गोलाकार किनारा) डिजाइन हुने, टाइटनियम फ्रेम, क्यामेरा अपग्रेड र टाइप-सी पोर्ट हुने बताइएको छ । आईफोन १५ प्रो सिरिजमा आएका फिचर तथा डिजाइन नै आईफोन १६ को बेस र प्लस मोडेलमा आउने बताइएको छ ।

नाइन टु फाइभ म्याकले प्रकाशन गरेको रिपोर्टमा आईफोन १६ प्रो म्याक्स मोडेललाई कम्पनीले आईफोन १६ अल्ट्रा नाम दिने उल्लेख छ  । जसमा ६.९ इन्चको स्क्रिन हुनेछ । 

यसले गर्दा यो मोडेल अन्यको तुलनामा ठूलो हुने अपेक्षा गर्न सकिन्छ । अहिले आईफोन १४ प्रोमा ६.१ इन्चको स्क्रिन रहेको छ । आईफोन १६ प्रोमा भने ६.३ इन्च स्क्रिन हुने जनाइएको छ । 

त्यस्तै आईफोन १५ प्रो पनि यही साइजमा उपलब्ध हुने जानकारी बाहिरिएको छ । एप्पलका विश्लेषक मिङ चि कुओका अनुसार एप्पलले ती मोडेलमा पेरिस्कोप लेन्स फिट गर्नुपर्ने भएका कारण ठूलो डिस्प्ले उपलब्ध गराउन लागिएको हो ।   

 

       

 

पछिल्लो अध्यावधिक: जेठ ९, २०८० १३:१९